प्योङयाङ । अमेरिकाद्वारा आफूविरुद्ध शत्रुता अन्त्य गर्नका लागि चालिएको कदमदेखि लिएर परमाणु वार्ता जारी राख्ने कुनै उद्देश्य नभएको आइतबार उत्तर कोरियाले बताएको छ । स्विडेनमा वार्ता रोकिनुभन्दा एक दिनअघि उत्तर कोरियाले यस्तो धारणा सार्वजनिक गरेको हो ।
उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी कारष्ट्रपति डोनाल्ड ट्रम्पबीच फेबु्रअरीमा सम्पन्न बैठकपश्चात् महिनौंसम्मको गतिरोधपछि यस्तो चर्चा भएको हो ।
स्विडेनमा भएको दुई देशबीचको वार्तालाई बीचमै छाडेर उत्तर कोरियाले अमेरिकाले समस्या समाधानका लागि कुनै नयाँ र रचनात्मक उपाय पेश नगर्नु निराशाजनक अवस्था रहेको बताएको छ ।
उता, अमेरिकाले भने दुई सातामा पुनः बैठक गर्न आफू इच्छुक रहेको जानकारी दिएको छ । उत्तर कोरियाले भने एउटा अर्को वार्ताको चर्चा गर्नु बेमतलबको कुरा भएको धारणा राखेको छ । उत्तर कोरियाली विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘‘अमेरिकाको अर्को बैठकको यस्तो दाबी बेकार छ । हामी यस्तो बैठक गर्ने चाहना राख्दैनौं ।’’
उत्तर कोरियाली समाचार एजेन्सीका अनुसार, अमेरिकाले आफ्नो पुरानो रवैया नछाड्ने हो भने वार्ता तत्कालै टु्ट्न सक्ने चेतावनीसमेत प्रवक्ताले दिएका छन् । ‘‘अमेरिकाद्वारा शत्रुतापूर्ण नीतिहरुको अन्त्य गर्नका लागि व्यावहारिक कदम उठाउने कुरामा यस्तोखाले वार्ता गर्न प्योङयाङको कुनै चाहना छैन,’’ उनले भने ।
उत्तर कोरियाको वार्ताको भविष्य अमेरिकाको हातमा रहेको र यसको समयसीमा यो वर्षको अन्त्यसम्ममात्रै रहेको पनि उनले बताएका छन् ।
उता, अमेरिकाले भने दुई देशबीचको बैठकमा यस विषयमा रामै्र चर्चा भएको बताउँदै आएको छ । उत्तर कोरियाले विस्तारै समाधानको बाटोमा हिँड्ने विश्वास पनि अमेरिकाले गरेको बताइन्छ । – नवभारत टाइम्स
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि