October 6, 2019

दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा भारतको जित

पहिलो टेस्टमा भारतको जित, दक्षिण अफ्रिकाविरुद्ध तीन टेस्टको श्रृंखलामा १-० को अग्रताकाठमाडौं । आईसीसी विश्व टेस्ट च्याम्पियससिपअन्तर्गत भारत र दक्षिण अफ्रिकाबीचको टेस्ट श्रृंखलाको पहिलो खेलमा भारतले जित निकालेको छ । अन्तिम दिन भारतीय बलर चम्किएपछि भारतले २ सय ३ रनको जित आत्मसात गरेको हो ।

भारतमा जारी तीन म्याचको श्रृंखलामा  भारतीय टालीले शानदान जित हासिल गरेको हो । पाचौं दिनको पहिलो सेसनमै दबाबमा परेपछि दक्षिण अफ्रिकाले दास्रो इनिङमा खराब प्रदर्शन गरेको हो ।

दिनको पहिलो सेसनमा लगातार विकेट गुमाएपछि तीन सय ९५ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकालाई जितका लागि निकै संघर्ष गर्नुपर्यो । चौथो दिन एक विकेट गुमाएको दक्षिण अफ्रिकाले दास्रो इनिङमा ६३.५ ओभार खेलेर कूल १ सय ९१ रनमात्र बनाउन सक्यो ।

यसअघि चौथो दिन एक ओभर ब्याटिङ गर्न पाएको पाहुना टोलीले एक विकेट गुमाएर ११ रन जोडेको थियो । चोथो दिन एलगरलाई दुई रनमै गुमाएको दक्षिण अफ्रिकाले पाचौं दिन लगातार विकेत गुमाइरह्यो । अल आउट हुनुअघि पाहुना टोलीका लागि दशौं नम्बरमा ब्याटिङ गर्न आएका डेन पिटले सर्वाधिक ५६ रन जोडे । दक्षिण अफ्रिकाका लागि सेनुरन मुथुस्वामीले ४६ तथा ओपनर एडेन मक्रमले ३९ रनको योगदान दिए ।

भारतका लागि मोहम्मद शामीले सर्वाधिक ५ तथा रवीन्द्र जडेजाले ४ र रविचन्द्र अश्विनले १ विकेट लिए । यसअघि चौथो दिनको खेल समाप्त हुँदा दक्षिण अफ्रिका विरुद्ध भारतले सुदृढ प्रदर्शन गरेको थियो । भारतले दोस्रो इनिङमा ४ विकेटको क्षतिमा ३२३ रन बनाई पाली समाप्तिको घोषणा गरेको थियो ।

दक्षिण अफ्रिकाले चौथो दिनको पहिलो सत्रमा सबै विकेट गुमाएर ४३१ रन मात्र बनाएको थियो । यद्पि भारतले पहिलो इनिङमा ७ विकेटको क्षतिमा ५०२ रन बनाई पाली समाप्तिको घोषणा गरेको थियो ।

चौथो दिन भारतका लागि दोस्रो इनिङमा ओपनर रोहित शर्माले १२७ रन बनाएका थिए । शर्माको यही म्याचमा दास्रो शतक हा । उनले पहिलो इनिङमा पनि व्यक्तिगत १७६ रन बनाएका थिए ।

पहिलो इनिङ :
भारतः ५०२–७(डी), अग्रवाल २१५, शर्मा १७६, केशव महाराज ३-१८९
दक्षिण अफ्रिकाः ४३१, एलगर १६०, डि कोक १११, अश्विन ७-१४५

दास्रो इनिङ :
भारतः ३२३-४(डी), शर्मा १२७, पुजारा ८१, केशव महाराज २-१२९
दक्षिण अफ्रिका : पीट ५६, मुथुस्वामी ४९*, सामी ५-३५

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि