October 6, 2019

मास्कमाथिको प्रतिबन्धलाई अवज्ञा गर्दै हङकङमा निकालियो जुलूस

असोज १९, २०७६Image result for hongkong mask ban strike

काठमाडौं – हङकङमा मास्क लगाएर विरोध प्रदर्शन गर्न सरकारले लगाएको प्रतिबन्धको अवज्ञा गर्दै मानिसहरूले शनिवार प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण सबवे सेवा स्थगन गरिएको थियो भने धेरै पसल बन्द गरिएका थिए । 

हजारौं विरोधकर्ताले जुलूस निकाले अनि विभिन्न स्थानमा विरोध गरे । 

सरकारले लगाएको मास्क प्रतिबन्धका विरुद्ध प्रदर्शनकारीहरूले मुद्दा समेत दर्ता गरेका छन् । 

प्रतिबन्ध लगाइएको रात व्यापक हिंसा मच्चिएको थियो । जताततै आगजनी गरिएको थियो अनि ड्युटीमा नरहेका एक प्रहरी अधिकारीमाथि आक्रमण समेत भएको थियो । ती अधिकारीले आत्मरक्षाका लागि गोली प्रहार गर्दा १४ वर्षीय एक किशोर घाइते भएका थिए । 

राति उग्र विरोधकर्ताहरूले सबवे स्टेसन र पसलहरूमा तोडफोड गरे, आगजनी गरे अनि सडकमा अवरोध तेर्स्याए । 

भीडले जुलूस निकाल्दा हङकङकी प्रमुख कार्यकारी क्यारी लामले भिडियो वक्तव्य जारी गरेर निकै अँध्यारो रात बनाएको भन्दै विरोधकर्ताको निन्दा गरिन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद