असोज १९, २०७६
काठमाडौं – हङकङमा मास्क लगाएर विरोध प्रदर्शन गर्न सरकारले लगाएको प्रतिबन्धको अवज्ञा गर्दै मानिसहरूले शनिवार प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण सबवे सेवा स्थगन गरिएको थियो भने धेरै पसल बन्द गरिएका थिए ।
हजारौं विरोधकर्ताले जुलूस निकाले अनि विभिन्न स्थानमा विरोध गरे ।
सरकारले लगाएको मास्क प्रतिबन्धका विरुद्ध प्रदर्शनकारीहरूले मुद्दा समेत दर्ता गरेका छन् ।
प्रतिबन्ध लगाइएको रात व्यापक हिंसा मच्चिएको थियो । जताततै आगजनी गरिएको थियो अनि ड्युटीमा नरहेका एक प्रहरी अधिकारीमाथि आक्रमण समेत भएको थियो । ती अधिकारीले आत्मरक्षाका लागि गोली प्रहार गर्दा १४ वर्षीय एक किशोर घाइते भएका थिए ।
राति उग्र विरोधकर्ताहरूले सबवे स्टेसन र पसलहरूमा तोडफोड गरे, आगजनी गरे अनि सडकमा अवरोध तेर्स्याए ।
भीडले जुलूस निकाल्दा हङकङकी प्रमुख कार्यकारी क्यारी लामले भिडियो वक्तव्य जारी गरेर निकै अँध्यारो रात बनाएको भन्दै विरोधकर्ताको निन्दा गरिन् ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि