October 6, 2019

रियल मड्रिडका इडिन हजार्डले गरे पहिलो गोल, ग्रानाडा पराजित

काठमाडौँ, १९ असोज । यस सिजन निकै आलोचना खेपिरहेको रियल मड्रिड क्लबले ग्रानाडालाई ४-२ गोलले पराजित गर्न सफल भएको छ ।

रियलको घरेलु मैदानमा भएको खेलमा करिम बेन्जेमा, इडिन हजार्ड, लुका मोड्रिच र हामेश रोद्रिगेजले गोल गरे ।

ग्रानाडाको लागि डार्मिन माचिस र डुवार्टेगले एकएक गोल गरे ।

खेलको दोस्रो मिनेटमा बेन्जेमा गोल गरेका थिए । खेलको ४५ औँ मिनेटमा इडिन हजार्डले रियलका लागि पहिलो गोल गरे ।

खेलको ६१ औँ मिनेटमा मोड्रिचले गोल गरे ।

तर, त्यसपछि खेलमा ग्रानाडाले दुई गोल फर्काएको थियो ।

तर, खेलको अन्तिम मिनेटमा हामेशले गोल गर्दै रियललाई सहज जित दिलाउन सफल भए ।

यो जितसँगै रियलको ८ खेलमा १८ अंक भएको छ । एक खेल कम खेलेको बार्सिलोनाको १३ अंक रहेको छ । दोस्रो स्थानमा रहेको ग्रानाडाको १४ अंक रहेको छ ।

      

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि