September 29, 2019

मौसमः मध्य र पूर्वी तराईका केही स्थानमा भारी वर्षा हुने, पहिरोको जोखिम

mahottari_QvJFNMxZCK

असोज १२, काठमाडौँ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही पूर्व र मध्यका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले नेपालमा अरब सागर र बंगालको खाडीबाट आईरहेको जलवास्पयुक्त वायुको प्रभावले मनसुनी गतिविधि सक्रिय भएसँगै वर्षा भइरहेको हो ।  

मौसम विज्ञान विभागका अनुसार मनसुनी न्यून चापीय रेखा औसत स्थानबाट केही उत्तरतर्फ सरेको छ । भारतको गुजरात र अरब सागर आसपासमा एउटा न्यून चापीय प्रणाली तथा भारतको उत्तर प्रदेशमा अर्को न्यून चापीय प्रणाली रहेको छ ।

आगामी २४ घण्टामा देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने तथा मध्य तथा पूर्वी तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

वर्षातका कारण सडक तथा हवाई यातायातमा अवरोध आउन सक्ने तथा पहाडी भू–भागमा पहिरो जान सक्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध समेत गरेको छ ।  

तीन दिनको मौसम विवरण

आइतबार दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा वर्षा हुने जनाएको छ । पूर्व र मध्यका केही स्थानमा मेघ गर्जनसहित चट्याङसमेत पर्न सक्नेछ । त्यस्तै मध्य र पूर्वका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार राति देशभर बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । त्यस्तै पूर्व र मध्यका एकदुई स्थानमा मेघगर्जनसहित चट्याङसमेत पर्ने तथा पूर्व र मध्यकै एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

सोमबार दिउँसो पूर्व र मध्य भागमा सामान्य बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । पूर्व, मध्य र पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने तथा पूर्व र मध्यका एकदुई स्थानमा मेघ गर्जनसहित चट्याङ पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार राति देशका पूर्व र मध्य भेगमा सामान्य र बाँक भागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ । पूर्व, मध्य र पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । पूर्व र मध्य क्षेत्रकै एकदुई स्थानमा मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने तथा राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न