September 22, 2019

दशैं तिहारका लागि टिकट बुकिङ् आजदेखि खुल्यो

असोज ५, काठमाडौँ । दशैंमा घर जाने यात्रुहरुको चापलाई मध्यनजर गर्दै आज (आज)देखि टिकट बुकिङ खुल्ला गरिएको छ । काठमाडौँ उपत्यकाबाट विभिन्न जिल्ला जाने यात्रुहरुका लागि सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।  

दशैं तिहारजस्ता चाडपर्वमा काठमाडौँबाट देशका विभिन्न जिल्ला जाने यात्रुको संख्या अत्याधिक हुने भएकाले अग्रिम टिकट बुकिङको व्यवस्था गरिएको  विभाग महानिर्देशक गोगनबहादुर हमालले बताए । विभागका अनुसार यस वर्षको दशैँ, तिहार, छठलगायतका चाडपर्वको अवसरमा मुलुकभर नै सवारी साधनहरूको रुट इजाजत खुला गरिने भएको छ ।  

सीमित रुट इजाजत पाएका सवारी साधन पनि देशभर चल्न पाउने विभागले जनाएको छ । विभागका महानिर्देशक हमालले यो वर्ष चाडपर्वको समयमा सवारी साधनको रुट इजाजत खुला गर्नका लागि गृहकार्य भइरहेको पनि बताए । रुट खुल्ला भएपछि दशैंमा घर जाने यात्रुहरुलाई सवारी साधनको कमी नहुने विभागको विश्वास छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना