September 20, 2019

आत्महत्या दुरुत्साहन मुद्दामा चितवन जिल्ला अदालतद्धारा अभियुक्तलाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना

jail_Yl2qtyT8Xr

असोज ३, काठमाडौं । आत्महत्या दुरुत्साहन मुद्दामा चितवन जिल्ला अदालतले एक अभियुक्तलाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ । चितवन जिल्ला अदालतका स्रेस्तेदार रुद्रमणि गिरीका अनुसार अदालतले बुधबार खैरहनीका संजोग गिरीलाई सजायँ तोकेको हो । गत वर्षदेखि दर्ता हुन थालेको आत्महत्या गर्न बाध्य पार्ने अर्थात दुरुत्साहन मुद्दामा चितवन जिल्ला अदालतले गरेको यो तेस्रो फैसला हो ।

संजोग विरुद्ध गत चैत २४ मा मुद्दा दायर भएको थियो । संजोगसँग बिहे गरेकी युवतीले गत फागुन १३ मा घरमै झुण्डिएर आत्महत्या गरेकी थिइन् । दिवंगत युवतीका माइती पक्षले संजोग र संजोगका बाबुआमा विरुद्ध प्रहरीमा उजुरी दिएपछि फागुन २७ मा उनीहरु पक्राउ परेका थिए । मुद्दा दायर भएपछि अरु जनही ३० हजार रुपैयाँ धरौटीमा छुटे पनि संजोग कारागार चलान भएका थिए ।

अदालतले संजोगलाई सजाय गरे पनि यो मुद्दामा अरुलाई सफाइ दिएको स्रेस्तेदार रुद्रमणि गिरीले बताए । त्यसैगरी माइती पक्षलाई क्षतिपूर्ति स्वरुप एक लाख रुपैयाँ तिर्नुपर्ने अदालतको फैसलामा उल्लेख भएको उनले जानकारी दिए । नयाँ मुलुकी संहिता जारी भएपछि चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनमा अहिलेसम्म ७ वटा मुद्दा दायर भएको सरकारी वकिलको कार्यालयका सूचना अधिकारी प्रकाश थापाले बताए ।

जसमध्ये फैसला भएका तीनवटा मुद्दा सबैमा अभियुक्तलाई जेल सजायँ भएको छ । चितवन जिल्ला अदालतमा माधव न्यौपानविरुद्ध आत्महत्या दुरुस्तासहनको पहिलो मुद्दा दायर भएको थियो । पहिलो फैसला पनि सोही मुद्दामा भएको थियो । गत वर्षको मंसिर एक गते एकजना महिलाले आत्महत्या गरेपछि दुरुत्साहन अभियोगमा माधवविरुद्ध मंसिर २५ गते मुद्दा दायर भएको थियो ।

यो मुद्दामा बैशाख २४ मा कसुर ठहर गर्दै अदालतले माधवलाई ६ महिना कैद र पाँच हजार जरिवाना सुनाएको थियो । त्यसैगरी मृतकका आफन्तलाई एक लाख रुपैयाँ क्षतिपूर्ति दिनु पर्ने फैसला पनि अदालतले गरेको थियो । यसैगरी मंसिर ४ गते दायर भएको अर्को मुद्दामा चितवन अदालतले जेठ ९ गते फैसला गरेको थियो । जसमा आत्महत्या गरेकी महिलाका श्रीमानलाई सजाय भएको छ ।

आत्महत्या गरेर गत वर्षको कात्तिक १६ मा राप्ती नगरपालिका–२ मा २३ वर्षीय महिलाको निधन भएपछि प्रहरीले कात्तिक १७ गते उनका श्रीमान् जयराम सेढाई र आमाजुलाई गिरफ्तार गरेको थियो । अदालतमा मंसिर ४ गते मुद्दा दायर भयो । मंसिर ८ गते थुनछेक आदेश हुँदा मृतक महिलाका श्रीमान् जयराम सेढाई कारागार चलान भए । आमाजु एक लाख रुपैयाँ धरौटी राखेर तारेखमा छुटिन् । फैसला हुँदा उनले सफाइ पाइन ।

अदालतले जेठ ९ गते महिलाका श्रीमान् जयराम सेढाईलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवना हुने फैसला गरेको थियो । ५० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने छ । अदालतमा अहिले आत्महत्या दुरुत्साहनका चारवटा मुद्दा विरचाराधीन छन । जसमा सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनमा दायर भएको कार्यक्रम प्रस्तोता रवी लामिछाने लगायत विरुद्धको मुद्दासमेत छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त