September 20, 2019

आत्महत्या दुरुत्साहन मुद्दामा चितवन जिल्ला अदालतद्धारा अभियुक्तलाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना

jail_Yl2qtyT8Xr

असोज ३, काठमाडौं । आत्महत्या दुरुत्साहन मुद्दामा चितवन जिल्ला अदालतले एक अभियुक्तलाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ । चितवन जिल्ला अदालतका स्रेस्तेदार रुद्रमणि गिरीका अनुसार अदालतले बुधबार खैरहनीका संजोग गिरीलाई सजायँ तोकेको हो । गत वर्षदेखि दर्ता हुन थालेको आत्महत्या गर्न बाध्य पार्ने अर्थात दुरुत्साहन मुद्दामा चितवन जिल्ला अदालतले गरेको यो तेस्रो फैसला हो ।

संजोग विरुद्ध गत चैत २४ मा मुद्दा दायर भएको थियो । संजोगसँग बिहे गरेकी युवतीले गत फागुन १३ मा घरमै झुण्डिएर आत्महत्या गरेकी थिइन् । दिवंगत युवतीका माइती पक्षले संजोग र संजोगका बाबुआमा विरुद्ध प्रहरीमा उजुरी दिएपछि फागुन २७ मा उनीहरु पक्राउ परेका थिए । मुद्दा दायर भएपछि अरु जनही ३० हजार रुपैयाँ धरौटीमा छुटे पनि संजोग कारागार चलान भएका थिए ।

अदालतले संजोगलाई सजाय गरे पनि यो मुद्दामा अरुलाई सफाइ दिएको स्रेस्तेदार रुद्रमणि गिरीले बताए । त्यसैगरी माइती पक्षलाई क्षतिपूर्ति स्वरुप एक लाख रुपैयाँ तिर्नुपर्ने अदालतको फैसलामा उल्लेख भएको उनले जानकारी दिए । नयाँ मुलुकी संहिता जारी भएपछि चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनमा अहिलेसम्म ७ वटा मुद्दा दायर भएको सरकारी वकिलको कार्यालयका सूचना अधिकारी प्रकाश थापाले बताए ।

जसमध्ये फैसला भएका तीनवटा मुद्दा सबैमा अभियुक्तलाई जेल सजायँ भएको छ । चितवन जिल्ला अदालतमा माधव न्यौपानविरुद्ध आत्महत्या दुरुस्तासहनको पहिलो मुद्दा दायर भएको थियो । पहिलो फैसला पनि सोही मुद्दामा भएको थियो । गत वर्षको मंसिर एक गते एकजना महिलाले आत्महत्या गरेपछि दुरुत्साहन अभियोगमा माधवविरुद्ध मंसिर २५ गते मुद्दा दायर भएको थियो ।

यो मुद्दामा बैशाख २४ मा कसुर ठहर गर्दै अदालतले माधवलाई ६ महिना कैद र पाँच हजार जरिवाना सुनाएको थियो । त्यसैगरी मृतकका आफन्तलाई एक लाख रुपैयाँ क्षतिपूर्ति दिनु पर्ने फैसला पनि अदालतले गरेको थियो । यसैगरी मंसिर ४ गते दायर भएको अर्को मुद्दामा चितवन अदालतले जेठ ९ गते फैसला गरेको थियो । जसमा आत्महत्या गरेकी महिलाका श्रीमानलाई सजाय भएको छ ।

आत्महत्या गरेर गत वर्षको कात्तिक १६ मा राप्ती नगरपालिका–२ मा २३ वर्षीय महिलाको निधन भएपछि प्रहरीले कात्तिक १७ गते उनका श्रीमान् जयराम सेढाई र आमाजुलाई गिरफ्तार गरेको थियो । अदालतमा मंसिर ४ गते मुद्दा दायर भयो । मंसिर ८ गते थुनछेक आदेश हुँदा मृतक महिलाका श्रीमान् जयराम सेढाई कारागार चलान भए । आमाजु एक लाख रुपैयाँ धरौटी राखेर तारेखमा छुटिन् । फैसला हुँदा उनले सफाइ पाइन ।

अदालतले जेठ ९ गते महिलाका श्रीमान् जयराम सेढाईलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवना हुने फैसला गरेको थियो । ५० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने छ । अदालतमा अहिले आत्महत्या दुरुत्साहनका चारवटा मुद्दा विरचाराधीन छन । जसमा सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनमा दायर भएको कार्यक्रम प्रस्तोता रवी लामिछाने लगायत विरुद्धको मुद्दासमेत छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग