असोज २, काठमाडौँ । बिहिबार बसेको प्रतिनिधी सभाको बैठकबाट “राहदानी विधेयक, २०७५ को संशोधन सर्वसम्मतले स्वीकृत भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिहीबार बसेको संसद बैठकमा “राहदानी विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव पेश गरेका थिए ।काँग्रेस सांसद पुष्पा भुषालले विधेयकमाथिको बैठकमा सहभागी जनाउँदै राहदानी विधेयक केही परिमार्जन गरिएपनि संशोधनमा राज्य सचेत भएर कर्यविधिमा लैजान जरुरी भएको बताएकी थिईन् ।
सोही बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले अफिसियल र डिप्लोमेटिक पासपोर्ट दुरुपयोग रोक्ने प्रवधान राख्न माग गरेका थिए ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकमा उठेका प्रश्नको जवाफ फर्काएका थिए । उनले केही गम्भीर खालका अपराध रहेको र त्यस्ता अभियोग लागेका व्यक्तिलाई मात्रै नहेरी अरु धेरै मानिस प्रभावित हुने भएकाले त्यसै अनुसारको व्यवस्था विधेयकमा गरिएको बताउनुको साथै कुटनीतिक राहदानी प्राप्त गर्ने अधिकारीले नै विचार गर्नुपर्ने बताएका थिए ।
सभामुख महराले परराष्ट्रमन्त्री ज्ञवालीको जवाफ सुनेपछी विधेयक सर्वस्वीकृत भएको घोषणा गरेका थिए ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज