September 11, 2019

प्रियंका चोपडाको बलिउड फिल्म ‘द स्काई इज पिंक’ को ट्रेलर सार्वजनिक

भदौ २५,काठमाडौँ : हलिउडमा राम्रो स्थान बनाएकी अभिनेत्री प्रियंका चोपडाको बलिउड फिल्म ‘द स्काई इज पिंक’ को ट्रेलर सार्वजनिक भएको छ । प्रियंकाको करिब ३ बर्षपछि बलिवुडमा पुनरागमन हुन लागेको यस फिल्ममा उनी फरहान अख्तरको अपोजिट देखिएकी छन् ।

यस फिल्ममा प्रियंका, फरहानका अलावा दंगल फेम अभिनेत्री जायरा वसीमको समेत अभिनय रहेको छ । जायराले यस पछि अर्को कुनै बलिवुड फिल्ममा अभिनय नगर्ने घोषणा गरेकी हुनाले सम्भवत उनको यो अन्तिम फिल्म हुने छ ।

आगामी अक्टोबर ११ मा रिलिज हुने यो फिल्मलाई सोनाली बोसले निर्देशन गरेकी छन् । यो फिल्म आयशा चौधरीको जीवनीमा आधारित रहेको छ । जो १३ बर्षको उमेरमा पल्मनरी फाईब्रोसीस रोगबाट ग्रसित भएर पनि एक मोटिभेस्नल स्पिकर बनेकी थिइन् । यहि स्पेतेम्ब्र १३ मा टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिवलमा यस फिल्मको प्रिमियर समेत रहेको छ । प्रियंकाले सलमान खानसँगको फिल्म भारत छोडेर यो फिल्म साइन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको