सिरियामा हवाई हमला, १८ इरानी सैनिक मारिए !

syria-air-attackसिरियाको उत्तरपश्चिमी क्षेत्रमा हवाई हमला गरिएको छ । सिरियाको ुसिजफायर जोनु मा हमला गर्ने घोषणा गरेको १० दिनपछि उक्त क्षेत्रमा पहिलो पटक हवाई हमला भएको विद्रोही समूहका प्रवक्ताले मंगलबार बताएका रोयर्टसले जनाएको छ ।

यसअघि सिरियाली सरकारलाई समर्थन गरिरहेको रसियाले अगस्ट ३१ मा विपक्षीले कब्जा गरेको उत्तरपश्चिम क्षेत्र इड्लिबमा युद्धबिराम गर्ने सहमति भएको थियो । दुई वर्षअघि पनि उक्त क्षेत्रमा हवाई हमला भएको थियो । रसियाले गत अगस्ट ३१ यता सिरिया र रसियन लडाकु विमानहरुमा पठाएको थिएन । यद्यपि त्यहाँ स्थलगत आक्रमण भने भइरहेका थिए । 

संयुक्त राज्य अमेरिकाले आफ्ना सेनाले अलकाइदा विरुद्ध इड्लिबमा आक्रमण गरेको बताएको छ । बेलायतस्थित सिरियाली युद्धका समयमा हुने मानव अधिकारविरुद्धका घटनाको अनुगमन गर्ने निकाय ुवार मोनिटरु ले सिरियाको उत्तरपश्चिमी क्षेत्रमा रहेको जाबल अल(अकरद पहाडको माथिबाट दुईवटा लडाकु विमान आएको बताएको छ । 

तर, मध्यरातमा गरिएको हमला कसले गरेको भन्‍ने स्पष्ट हुन सकेको छैन । उक्त हमलामा १८ इरानी र इरान समर्थक सेनाहरु मारिएको बीबीसीले जनाएको छ । यसअघि २९ अगस्ट शुक्रबार रसियाले उक्त क्षेत्रमा विद्रोही समूहले पकड बलियो हुँदै गएकोले हमला गर्ने घोषणा गरेको थियो । संयुक्त राष्ट्र संघले भने इड्लिब प्रान्तमा हमला गरेमा करिब तीन मिलियन मानिहरु जोखिममा पर्ने चेतावनी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि