सिरियाको उत्तरपश्चिमी क्षेत्रमा हवाई हमला गरिएको छ । सिरियाको ुसिजफायर जोनु मा हमला गर्ने घोषणा गरेको १० दिनपछि उक्त क्षेत्रमा पहिलो पटक हवाई हमला भएको विद्रोही समूहका प्रवक्ताले मंगलबार बताएका रोयर्टसले जनाएको छ ।
यसअघि सिरियाली सरकारलाई समर्थन गरिरहेको रसियाले अगस्ट ३१ मा विपक्षीले कब्जा गरेको उत्तरपश्चिम क्षेत्र इड्लिबमा युद्धबिराम गर्ने सहमति भएको थियो । दुई वर्षअघि पनि उक्त क्षेत्रमा हवाई हमला भएको थियो । रसियाले गत अगस्ट ३१ यता सिरिया र रसियन लडाकु विमानहरुमा पठाएको थिएन । यद्यपि त्यहाँ स्थलगत आक्रमण भने भइरहेका थिए ।
संयुक्त राज्य अमेरिकाले आफ्ना सेनाले अलकाइदा विरुद्ध इड्लिबमा आक्रमण गरेको बताएको छ । बेलायतस्थित सिरियाली युद्धका समयमा हुने मानव अधिकारविरुद्धका घटनाको अनुगमन गर्ने निकाय ुवार मोनिटरु ले सिरियाको उत्तरपश्चिमी क्षेत्रमा रहेको जाबल अल(अकरद पहाडको माथिबाट दुईवटा लडाकु विमान आएको बताएको छ ।
तर, मध्यरातमा गरिएको हमला कसले गरेको भन्ने स्पष्ट हुन सकेको छैन । उक्त हमलामा १८ इरानी र इरान समर्थक सेनाहरु मारिएको बीबीसीले जनाएको छ । यसअघि २९ अगस्ट शुक्रबार रसियाले उक्त क्षेत्रमा विद्रोही समूहले पकड बलियो हुँदै गएकोले हमला गर्ने घोषणा गरेको थियो । संयुक्त राष्ट्र संघले भने इड्लिब प्रान्तमा हमला गरेमा करिब तीन मिलियन मानिहरु जोखिममा पर्ने चेतावनी दिएको थियो ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद