नेपालद्वारा यूएईलाई २८६ रनको विशाल लक्ष्य !

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपालले यूएईलाई २८६ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनायो । नेपलले पहिलो ओभरको पहिलो बलमा नै ओपनर रित गौतमलाई गुमाएको थियो । त्यसपछि खेलको चौथो ओभरको पाँचौं बलमा नेपलले पवन सराफलाई दोस्रो विकेटको रुपमा गुमायो । दुवैजनाले रन भने बनाउन सकेनन् ।

नेपालका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका आसिफ शेख र रोहित कुमार पौडेलले नेपालको इनिङलाई सम्हालेका थिए । १८ ओभर २ बलमा आसिफ ४५ रन बनाउँदै आउट भए । त्यसपछि ३२ ओभर ४ बलमा रोहित कुमार पौडेल ६७ रन बनाउँदै आउट भए । उनले ८४ बलमा ९ चौका र १ छक्काको सयोयोमा यो योगफल तयार पारेका हुन् । रोहितपछि पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप जोराले ४८ रन बनाएर आउट भए । भिम सार्की भने तीन बल खेल्दै एक रन बनाएर आउट हुन पुगे ।

नेपालका लागि राशिद खानले ४४ रन बनाउँदा कमलसिंह ऐरीले ४१ रनको योगदान गरे । कुशल मल्लले २२ रन बनाए ।

बलिङतर्फ यूएईका लागि सञ्चित शर्मा र आकाश ताहिरले सर्वाधिक तीन–तीन विकेट लिए । त्यस्तै पलनिपल मेयापनले दुई विकेट लिँदा रिशभ मुखर्जीले समान एक–एक विकेट लिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि