काठमाडौं।
अण्डर १९ एशिया कप अन्तर्गत आजको खेलमा नेपाली टोलीले राम्रो प्रदर्शन गरेको छ । नेपालले टेस्ट मान्यता प्राप्त देश बंगलादेशलाई २६२ रनको लक्ष्य दिएको छ । ५० ओभरको खेलमा यत्तिको लक्ष्यलाई डिफेण्ड गर्न सकिने मानिन्छ । नेपाललाई प्रतियोगितामा कायम रहिरहन आजको खेल जित्नैपर्ने हुन्छ । आजको खेल जितेमा नेपाललाई सेमिफाइनल पुग्न सहज हुनेछ । किनकि नेपालले अर्को खेल समूहमा सबैभन्दा कमजोर देखिएको युएइसँग मात्र खेल्न बाँकी हुनेछ ।
आजको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २६१ रन बनाएको हो । नेपालको लागि ओपनर पवन सर्राफले सबैभन्दा धेरै ८१ रन बनाए । सन्दिप जोराले तुफानी इनिङ खेल्दै ३७ बलमै ५६ रन बनाए । रित गौतमले ३२, कुशल मल्ले २८, भीम सार्कीले २१ र कप्तान रोहित पौडेलले १४ रन बनाए ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि