September 7, 2019

भिरबाट लडेको मानिसले जे भेट्यो त्यही समाते झै समात्दै छ काङ्ग्रेस : साम्सद बस्नेत

भक्तपुर, २१ भदौ । नेकपाका  नेता तथा  सांसद महेश बस्नेतले अहिले  नेपाली कांग्रेस एजेण्डा विहिन भएकोले  भिरबाट लडेकाे मानिसले  जे भेट्यो त्यही समाते झै वाहियात मुद्धा समातेर जनतामा भ्रम शृजना गर्ने गरेको बताउनुभएको छ ।

चाँँगुनारायण नगरपालिकाको वडा नं. ६ नगरकोट स्थिती पर्यटकीय वसपार्क निर्माणको सिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले आलोचनाको खेतीले वास्तविकतलाई छोप्न नसकिने बताउँदै वर्तमान नेकपाको नेतृत्वमा रहेको सरकारले गरेको देश विकास र समृद्धिको वास्तविकता खुल्ला किताव जस्तै छलङ्ग रहेको बताउनुभयो । प्रमुख प्रतिपक्षीदलको नजर नै सरकारको आलोचना गर्ने मात्र भएको बताउँदै अनावश्यक हल्ला फैलाएर आफ्नो राजनीतिक भविष्य सुरक्षित हुन्छ भन्ने नसोच्न चेतावनी समेत दिनुभएको छ ।

उहाँले काङ्ग्रेस र अन्य खुरापाती  पार्टीलाई इङीत गर्दै भन्नुभयो, ‘सरकारको आलोचना गरेर घरको भात पाक्छ भन्ने सपना नदेखे हुन्छ आलेचना गरेर नै एक गास खाना रुच्छ भन्ने सोच्नु भएको छ भने केही भन्नु छैन । वास्तविकता डोकोले छोपेर छोपिन्न । सरकारले जनताको पक्षमा गरेको सम्पूर्ण गतिविधिहरु जनताले प्रष्ट रुपमा बुझेका छन् । त्यसको नतिजा आगामी निर्वाचनमा देखिनेछ । सवै पहेलो धातु सुन हुँदैन, कसिले त्यसलाई जाँचिनेछ । धातुलाई कसिमा जाँचे जसरी जनताले आगामी निर्वाचनमा राजनीतिक दललाई जाँच्नेछन् ।’

उहाँले आफ्नो भनाईलाई स्पस्ट पार्दै उल्लेख गर्नु भयो कि “फाईदाको काम देख्दा आफु अघि सर्ने र केही समस्या आउन खोजे पछि हट्ने र आलोचना गर्ने प्रवृत्तिको अन्त्य गरिनुपर्छ ”  राजनीतिमा प्रतिपर्धा विकासमा ऐक्यवद्धता आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, ‘माछा देख्दा दुलोभित्र हात, भ्यागुतो देख्दा दुलो बाहिर हात बनाउनु हुँदैन । समस्यामा भाग्ने, राम्रोमा अघि बढ्ने कार्य गर्नुहुँदैन । चोरको खुट्टा काट भन्दा चोरले आफ्नो खुट्टा तान्छ । राजनीति फाइदाको लागि नभई सामाजिक कार्यमा लाग्नुपर्छ । जनताको समस्यामा जनप्रतिनिधि अघि बढ्नुपर्छ ।’

देशभर अतिक्रम गरेको सार्वजनिक जग्गा फिर्ता हुने क्रममा रहेको बताउँदै उहाँले भक्तपुरका जग्गा चोरहरुलाई पहिलो नंम्बरमा कारवाही गर्नुपर्नेमा जोड दिनुभयो । भक्तपुरमा करिव १ सय ६० रोपनीभन्दा बढी सार्वजनिक जग्गा भूमाफियाले कब्जा गरी बेचविखन गरेको बताउँदै उहाँले उक्त जग्गाहरु पुनः सार्वजनिक बनाउने समेत उद्घोष गर्नुभयो ।

भक्तपुरमा हनुमन्ते नदीमा ६४ विमली उपाध्यायको नाममा, मनोहरामा ५४ रोपनी, स्वरस्वतीखेलको बसपार्कलगायतका क्षेत्रमा भएको भूमाफियाले कब्जा गरेको जग्गा फिर्ता हुने क्रममा रहेको जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘गाउँभरका खसी चोर चाही सफा र टुकुचामा गएर एउटा खसी किन्ने फोहोर भएजस्तो गरी व्याख्या भइरहेको छ । बनले नचिनेको बाघ र बाघले नचिनेको वन हुनु कुनै अर्थ छैन ।’

भक्तपुरको विकास एक अघि बढ्यो दुई अघि बढ्यो कसैले अव रोक्न नसक्ने बताउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले व्यवस्थित विकासका योजनाहरु शुरु भएसँगै भक्तपुरको विकासमा मुहार नै फेरिएको बताउनुभयो । नगरकोट चाँगुनारायण नगरपालिकाको लागि मात्र नभई भक्तपुरकै महत्वपूर्ण ठाउँ भएको बताउँदै उहाँले भक्तपुरमा पर्यटन, होम स्टे, सामाजिक संस्थाहरु अभियानमा होमिएसँगै भक्तपुरको आर्थिक, सामाजिक, पर्यटकीयलगायतका विकासहरु तिव्र गतिमा अघि बढ्ने समेत बताउनुभयो ।

नगरकोटले भक्तपुरमात्र हैन सिङ्गो नेपाललाई नै आर्थिक समृद्धिको बाटोमा अघि बढ्न ठूलो सहयोग गर्ने बताउँदै उहाँले नगरकोट विकास कुनै व्यक्ति, राजनीतिक दल, नगरापलिकालगायतका संघसंस्थाहरुकोमात्र चासोको विषय नभई आम भक्तपुर वासीको चासोको विषय भएको बताउनुभयो । उहाँले टहरा भत्काइएका नागरिकलाई नगरपालिकाले विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै टहरा भत्काइएको विषयलाई नै राजनीति गर्नुपर्ने कुनै पनि आवश्यकता नरहेको बताउनुभयो ।

नगरपालिकाले जनताको हितको लागि काम गर्दा गलत ढंगले आलोचना गर्नुपर्ने कुनै आवश्यकता नरहेको बताउँदै उहाँले वन जंगललाई आम्दानीको मुल स्रोतको अभियानको रुपमा अघि बढाउनुपर्नेमा समेत जोड दिनुभयो । रेडक्रसको नाममा कुनै राजनीतिक गरी रोटी पकाई खाने भाडोको रुपमा विकास गर्नु नहुने बताउँदे खरिपाटीबाट नगरकोट आउने सडकलाई हरी गुरुमार्ग, पार्कलगायतका कार्यहरु निर्माण गर्ने कार्य अघि बढेको जानकारी गराउँदै त्याग तपस्या र वलिदानीपूर्ण कार्य गर्ने हरी गुरु भएको बताउनुभयो ।

 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध