सोमबार, भाद्र १६
विराटनगर / आफै चढेको बसको ठक्करबाट मोरङको मिक्लाजुङ गाउँपालिका–७ मधुमल्लामा एक वृद्धाको मृत्यु भएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुका अनुसार तोरीबारीबाट मधुमल्लातर्फ आउँदै गरेको ना २ ख ५२२७ नम्बरको बसले ठक्कर दिँदा इलामको चुलाचुली–६ की ८० वर्षीय नन्दकुमारी राईको मृत्यु भएको हो ।
वृद्धा तोरीबारीबाट बस चढेर मधुमल्ला आएकी थिइन् । मधुमल्ला आइपुगेपछि बसबाट ओर्लिएर सडक पार गर्ने क्रममा त्यही बसको ठक्करबाट सोमबार बिहान ७ः४५ बजे गम्भीर घाइते भएकी वृद्धाको उपचारका क्रममा ९ः३० बजे अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको हो ।
बस र चालक मिक्लाजुङ–९ का ४० वर्षीय कृष्ण तामाङलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट