September 1, 2019

 चिनियाँ नागरिकले यसरी रातारात एटिएम ह्याक गरेर करोड लुटे

Image may contain: 2 people

भाद्र १५, काठमाडौं । रातारात विभिन्न बैंकका एटिएम ह्याक गरी करोड बढि लुट्ने चिनियाँलाई प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय प्रहरी कार्यालयले विभिन्न बैंकको एटिएम ह्याक गरी करोडभन्दा बढी रकम निकालेका पाँच चिनियाँ नागरिकलाई सार्वजनिक गरेको हो ।

उनीहरुलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । दरबारमार्गस्थित नबिल बैंकको एटीएम मेसिन प्रयोग गरी रकम झिक्ने क्रममा एक जना चिनियाँ नागरिक पक्राउ परेका थिए । उनलाई पक्राउ गरेसँगै प्रहरीले उनी बसेको होटलबाट अन्य ४ जनालाई समेत पक्राउ गरेको हो ।

महानगरीय प्रहरीका अनुसार पक्राउ पर्नेमा ३५ वर्षीय चेन विन विन, ३२ वर्षीय झु लियाङ आङ, ३० वर्षीय क्यु याङयिङ, ४० वर्षी लु जियालिङ, २९ वर्षीय लिन जिनमिङ रहेका छन् । प्रहरीले पत्रकार सम्मेलनमा उनीहरुको साथबाट बरामद भएको १ करोड २६ लाख ४५ हजार नेपाली रुपैयाँ र केही विदेशी रकमसमेत सार्वजनिक गर्याे ।

प्रहरीका अनुसार उनीहरु भदौ १३ गते चीनबाट एटीममार्फत पैसा चोरी गर्ने उद्देश्यले आएकामा सोमबार फर्कने तयारीमा रहेका थिए । प्रहरीले उनीहरुको साथबाट १३२ थान नक्कली भिषा कार्ड, १७ थान सक्कली भिसा कार्यसमेत बरामद भएको जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार १ करोड ६८ लाख ५४ हजार रुपैयाँ बैंकिङ प्रणालीबाट नोक्सान भएको छ । नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघले सर्वसाधारणको निक्षेप भने सुरक्षित रहेको बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए