अमेरिकामा फेरि अर्को गोलीकाण्डः पाँचको मृत्यु, २१ घाइते

ह्युस्टन / अमेरिकामा शनिबार फेरि अर्को गोलीकाण्ड भएको छ । घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने अरु २१ जना घाइते भएका छन् ।
देशको टेक्सास राज्यअन्तर्गत पर्ने ओडिसा नगरमा शनिबार दिउँसो एक बन्दुकधारीले हुलाक सेवाको ट्रक अपहरण गरी जथाभावी गोली चलाउँदै हिँडेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न श्वेतवर्णका झण्डै ३५ वर्षे बन्दुकधारीमाथि प्रहरीले चलाएको गोली लागी मृत्यु भएको थियो । तर बन्दुकधारीको नाम भने प्रहरीले खुलाएको छैन । “टेक्सासको सार्वजनिक सुरक्षा विभागनजिकै सुरक्षाकर्मीहरुले एउटा होण्डा कार रोक्न खोज्दा प्रहरीमाथि गोली चलाएर भागेको थियो । त्यसपछि ती व्यक्तिले हुलाक सेवाको ट्रक अपहरण गरेर बाटोमा मानिसलाई गोली चलाउँदै हिँडेको थियो,” ओडिसाका प्रहरी प्रमुख मिचेल गर्कले पत्रकार सम्मेलनमा भन्नुभयो ।

आक्रमणकारीले जथाभावी गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरुले पनि बताएका छन् । “घटनापछि धेरै पीडित भएका छन्,” गर्कले भन्नुभयो । घटनामा परी घाइते भएका मध्ये तीन जना सुरक्षाकर्मी रहेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै घटनामा बारेमा आफूलाई महान्यायाधिवक्ताले जानकारी गराउनु भएको उल्लेख गर्नुभएको छ । उहाँले सुरक्षाकर्मी र अनुसन्धानकर्ताहरुलाई पूर्ण रुपमा परिचालन गरिएको पनि बताउनुभयो ।

टेक्सासका गभर्नर जर्ज अब्बेटले एक वक्तव्य जारी गर्दै क्रुर र विवेकहीन घटनाबाट आफू र आफ्नी श्रीमती अत्यन्त दुःखित भएको उल्लेख गर्नुभएको छ । गत अगस्ट ३ मा टेक्सासको एल पासोमा भएको यस्तै गोलीकाण्डमा २२ जनाको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि