भाद्र ९, काठमाडौँ ।
कहिले घट्ने र कहिले बढ्ने क्रम जारी भएको सुनको मूल्यमा बिहिबार तोलामा ८ सय बृद्धी भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार र बुधबार एकै रकम कायम भएको छापावाल सुनमा आज तोलामा ८ सय रुपैयाँ बृद्धी भई प्रतितोला ७३ हजार ४ सय रुपैयाँमा बिक्री बितरण भईरहेको महासंघले जनाएको छ ।
त्यसैगरी तेजावी सुनमा पनि आज तोलामा ८ सय रुपैयाँ बृद्धी भई प्रतितोला ७३ एक सय रुपैयाँमा कारोबार भईरहेको महासंले जानकारी दिएको छ ।
बिहिबार चाँदीको मूल्यमा पनि तोलामा १५ रुपैयाँ बृद्धी भएको छ । बिहिबार प्रतितोला ८ सय ८० भएको चाँदीको मूल्यमा पनि आज तोलामा १५ रुपैयाँ बृद्धी भई प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिकरत्न शाक्यका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस सात डलरले बढेपछि नेपालमा पनि त्यसको असर परेको हो ।
उनका अनुसार इरान–अमेरिकाबीचको तनाव, अमेरिका–चीनबीचको व्यापार युद्ध जस्ता समस्याको ठोस समाधानका लागि उपयोगी पहल भने कतैबाट चालिएको छैन । यसले गर्दा सुन अझै बढ्न सक्ने सम्भावना रहेको छ ।
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र