_-_Copy_117264410.jpg)
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पाँच विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा प्रस्ताव प्रस्तुत भएको छ ।
‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’, ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’, ‘बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७५’ ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५’ र ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७५’ समितिमा प्रस्ताव प्रस्तुत भएको हो ।
‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’, ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’ र ‘बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७५’ कृषि तथा पशुपक्षी विकासमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गरेका थिए ।
त्यसैगरी ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५’ युवा तथा खेलकूमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले र ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७५ खानेपानीमन्त्री वीना मगरले प्रस्ताव प्रस्तुत गरेकी हुन् । व्यवस्थापिका संसद्को अर्को बैठक भदौ ३ गते मङ्गलबार दिनको १ बजे बस्ने भएको छ ।
रासस
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन