August 9, 2019

नेकपाको विदेश नीति असमान सन्धि पुनरवलोकन

काठमाडौँ, २४ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले असमान सन्धि–सम्झौता पुनरवलोकन गर्दै पारस्परिक लाभ, समानता र राष्ट्रिय हितअनुरूप नयाँ सन्धि–सम्झौता गर्नुपर्ने आधिकारिक धारणा दस्तावेजमार्फत सार्वजनिक गरेको छ ।
नेपालले सुगौली सन्धिपछि राजनीतिक, आर्थिक र सांस्कृतिक हस्तक्षेपसँग सामना गरिरहेको दाबी गर्दै नेपालको राष्ट्रिय स्वाधीनतामा पर्न सक्ने प्रभावबारे सजगता अपनाउनुपर्ने र युद्ध, आणविक अस्त्र तथा हातहतियारको होडबाजीको विरोध गर्नुपर्नेमामा जोड दिएको छ ।
दुई विशाल छिमेकी देशको बजारको उपयोग, विकास र प्रगतिबाट लाभ लिन सक्ने अवसर रहेको दस्तावेजमा उल्लेख छ । दस्तावेजमा उनीहरूको बजार उपयोग गर्दा राष्ट्रिय हित, स्वतन्त्रता र स्वाभिमानका लागि सचेत रहनुपर्नेमा पनि जोड दिइएको छ । नेकपाले आफ्नो राजनीतिक दस्तावेजमा नेपालको आन्तरिक सुरक्षा प्रणाली र अवस्थालाई सुदृढ बनाउने कुरामा जोड दिएको छ ।
दस्तावेजमा भनिएको छ, “संविधान निर्माण र त्यसपछिका घटनाक्रममा राष्ट्रिय स्वाधीनता र स्वाभिमानका विषयमा नेपाली जनतामा अभूतपूर्व जागरण, सजगता र एकता प्रकट भएको छ । नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्ने र नेपालको राजनीतिलाई समेत आफ्नो प्रभावमा निरन्तर राखिरहने वैदेशिक प्रतिक्रियावादी शक्तिहरूको व्यवहारले गर्दा नेपालले नवउपनिवेशवादी नीति र व्यवहारविरुद्ध समेत निरन्तर सङ्घर्ष गरिरहनु परेको छ ।”
आन्तरिक विषयको स्वतन्त्र ढङ्गले समाधान गर्ने क्रममा बेलाबेलामा प्रकट हुने बाह्य हस्तक्षेपलाई प्रतिरोध गर्नुपर्ने नेकपाको दस्तावेजले भनेको छ । नेकपा (एमाले) र नकेपा (माओवादी) बीच एकीकरण भई बनेको नेकपाले पार्टीका लागि तयार पारेको ६७ पृष्ठको मूल दस्तावेजमा नेपालको भूराजनीतिक अवस्थिति अत्यन्त संवेदनशील रहेको हुनाले रोजगारीका लागि विदेशी सुरक्षा निकायमा भर्ती हुने व्यवस्थालाई विस्थापन गर्नेतर्फ ध्यान दिइनुपर्ने उल्लेख गरेको छ ।
दस्तावेजमा भनिएको छ, “पश्चिमा शक्तिराष्ट्रहरूले अरू मुलुकबाट आयातीत वस्तुमाथि कडा भन्सार नीति लागू गर्दै आफ्नो एकाधिकार पुँजीलाई संरक्षण गर्ने कदम चालेको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर