August 4, 2019

अमेरिकीको टेक्सासमा गोलीबारी, २० जनाको हत्या

 

साउन १९, २०७६,काठमाडौँ – अमेरिकाको टेक्सासमा २१ वर्षीय युवाले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा २० जनाको मृत्यु भएको घटना ‘जातीय हिंसा’ भएको हुनसक्ने त्यहाँका सरकारी अधिकारीहरूले बताएका छन् । अल पासोमा भएको गोलीकाण्डलाई प्रहरी ‘जातीय घृणा अपराध’ भएको प्रारम्भिक अनुमान गरेका हुन् ।

प्रहरी अधिकारीहरूले घटनाका आरोपी रहेका २१ वर्षीय उक्त युवाले लेखेको कागजपत्र फेला पारेको छ । जसबाट उनी जातीय हिंसा गराउन उद्दत रहेको प्रमाण फेला परेको अधिकारीहरूले जनाएका छन् । ४ पन्नाको उक्त दस्तावेज अनलाइनमा प्रकाशित भएको थियो । ‘श्वेत राष्ट्रवाद’ र ‘जातीय सफाया’का पक्षमा लेखिएको उक्त दस्तावेज आप्रवासीका विरुद्ध थियो ।

उक्त दस्तावेजमा अमेरिकीहरूको रोजगारी आप्रवासीहरूले खोसेको आरोप लगाइएको छ । अहिले हामीसँग उक्त आरोप पुष्टि गर्न त्यही एउटा दस्तावेज मात्र छ, जसले श्वेत राष्ट्रवाद र जातीय घृणाको पक्षपोषण गरेको छ,’ एल पासोका प्रहरी प्रमुख जर्ज एलेनले भनेका छन् ।उक्त गोलीबारी ‘घृणा अपराध’ नै हो भन्ने पुष्टि गर्न थप अनुसन्धान गर्न आवश्यक रहेको उनले बताएका छन् । अहिले हत्याको अनुसन्धान मात्र भइरहेको छ,’ एल पासोका एफबीआई एजेन्ट एमर्सन बुईले अन्तर्राष्ट्रय सञ्चारमाध्यमसँग भने, ‘उक्त घटनामा हत्या बाहेक जातीय हिँसा पनि भएको हुन सक्छ, हामीले त्यसका प्रमाणहरू जुटाउने कोशिस गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि