August 4, 2019

अमेरिकीको टेक्सासमा गोलीबारी, २० जनाको हत्या

 

साउन १९, २०७६,काठमाडौँ – अमेरिकाको टेक्सासमा २१ वर्षीय युवाले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा २० जनाको मृत्यु भएको घटना ‘जातीय हिंसा’ भएको हुनसक्ने त्यहाँका सरकारी अधिकारीहरूले बताएका छन् । अल पासोमा भएको गोलीकाण्डलाई प्रहरी ‘जातीय घृणा अपराध’ भएको प्रारम्भिक अनुमान गरेका हुन् ।

प्रहरी अधिकारीहरूले घटनाका आरोपी रहेका २१ वर्षीय उक्त युवाले लेखेको कागजपत्र फेला पारेको छ । जसबाट उनी जातीय हिंसा गराउन उद्दत रहेको प्रमाण फेला परेको अधिकारीहरूले जनाएका छन् । ४ पन्नाको उक्त दस्तावेज अनलाइनमा प्रकाशित भएको थियो । ‘श्वेत राष्ट्रवाद’ र ‘जातीय सफाया’का पक्षमा लेखिएको उक्त दस्तावेज आप्रवासीका विरुद्ध थियो ।

उक्त दस्तावेजमा अमेरिकीहरूको रोजगारी आप्रवासीहरूले खोसेको आरोप लगाइएको छ । अहिले हामीसँग उक्त आरोप पुष्टि गर्न त्यही एउटा दस्तावेज मात्र छ, जसले श्वेत राष्ट्रवाद र जातीय घृणाको पक्षपोषण गरेको छ,’ एल पासोका प्रहरी प्रमुख जर्ज एलेनले भनेका छन् ।उक्त गोलीबारी ‘घृणा अपराध’ नै हो भन्ने पुष्टि गर्न थप अनुसन्धान गर्न आवश्यक रहेको उनले बताएका छन् । अहिले हत्याको अनुसन्धान मात्र भइरहेको छ,’ एल पासोका एफबीआई एजेन्ट एमर्सन बुईले अन्तर्राष्ट्रय सञ्चारमाध्यमसँग भने, ‘उक्त घटनामा हत्या बाहेक जातीय हिँसा पनि भएको हुन सक्छ, हामीले त्यसका प्रमाणहरू जुटाउने कोशिस गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद