August 2, 2019

सरकारी गाडी, मुख्य रजिष्टारको मनोमानी : करोडको २ वटा आफूलाई, निजी बनाएर सरकारी कार श्रीमतीलाई !

सरकारी गाडी, मुख्य रजिष्टारको मनोमानी : करोडको २ वटा आफूलाई, निजी बनाएर सरकारी कार श्रीमतीलाई !
 
 

काठमाडौं, १६ साउन । कुनै समय तत्कालिन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पत्र काटेर चर्चामा आएका पात्र हुन् नृपध्वज निरौला । न्याय परिषदका तत्कालिन सचिव निरौला हाल सर्वोच्च अदालतको मुख्य रजिष्टारमा बढुवा भएका छन् । मुख्य रजिष्टारमा बढुवा भएसँगै उनको रवाफ बढ्न थालेको छ । निजामति कर्मचारीको मुख्य सचिव सरह सेवा सुविधा हुनुपर्ने निरौलाले सर्वोच्च अदालतको गाडीहरु आफूखुसी दुरुपयोग गरेको पाइएको छ ।

करोडौँ मुल्य पर्ने ३ वटा गाडी निरौलाले दुरुपयोग गर्ने गरेको पाइएको छ ।

सर्वोच्च अदालत स्रोतका अनुसार निरौलाले डेढ करोड रुपैयाँ भन्दा बढी मुल्य पर्ने बा २ झ ३३१६ नम्बरको टोयोटा फोर्चुनर गाडी चढ्ने गरेका छन् । त्यस्तै अकौ सर्वोच्च अदालतकै अर्को करिब पौने करोड हाराहारी मुल्य पर्ने बा २ झ ८०२ नम्बरको हुन्डाई टक्सन गाडी पनि निरौलाले नै चढ्दै आएका छन् । त्यति मात्रै होइन सरकारी गाडीलाई निजि नम्बर बनाएर दुरुपयोग गर्ने गरेको समेत खुलाशा भएको छ ।

बा २ च ९८५१ नम्बरको रातो कारमा भने निजी नम्बर राखेर निरौलाको श्रीमतीलाई आवत जावत गराउने गरेको खुलाशा भएको छ ।

निरौलाले उक्त कार चलाउनका लागि २ जना सरकारी ड्राइभर राखेका छन् । घरमा काम गर्नका लागि युवराज खतिवडालाई राखिएको थियो तर उनले घरको काम गर्न नमानेपछि गत साउन १ गतेदेखि विदुर आचार्यलाई पठाइएको छ । खतिवडाले भने गाडी चलाउने गरेका छन् ।
घरमा गृहिणीको रुपमा रहेकी निरौलाकी श्रीमतीलाई फोर्ड कम्पनिको बा १ झ ९१५७ नम्बरको सरकारी गाडीलाई निजी बनाएर चलाइएको छ । यस विषयमा निरौलाको मोबाइल नम्बरमा सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

त्यस्तै भक्तपुर जिल्ला अदालतको श्रेष्तेदारले सरकारी गाडिलाई रातो प्लेट(प्राइभेट) बनाई दुरूपयोग गरेका छन् । श्रेष्तेदार तीर्थ बहादुर बोहोराले बा ५ च ९६४५ नम्बरको गाडी चढेर हिँड्ने गरेका छन् ।

यता बैदेशिक रोजगार न्यायाधीकरणले सेतो सरकारी प्लेटमा परिवर्तन नगरी गाडि खरिद गर्दाको अवस्थामै टासिएको नक्कली रातोप्लेट नै राखेर अफिसियल प्रयोजनका लागि प्रयोग गर्दै आएको छ । बा १८ च ७५९४ नम्बरको गाडी दुरुपयोग हुँदै आएको छ ।

श्रम अदालतमा भने अर्कै काण्डले चर्चा पाइरहेको छ ।

श्रम अदालतले नयाँ गाडी खरिद गरेपछि सेतो नम्बर प्लेट बनाएर दर्ता गर्न पठाएको थियो । बीच बाटोमै तत्कालिन स्टोर किपरले पत्र सच्याई रातो प्लेटमै दर्ता गराइएको थियो । २०७१ साल देखिनै श्रम अदालतका श्रेष्तेदार जीवन भण्डारीले उक्त गाडी दुरुपयोग गर्दै आएका छन् । दुरुपयोग गर्दै आएको यो गाडिको अहिलेसम्म कर पनि तिरिएको छैन । सरकारी नं. प्लेटमा हुँदा ७००० रुपैयाँ मात्रै कर बुझाउनु पर्ने थियो । तर प्राइभेट नम्बरमा हुँदा वार्षिक २२ हजार कर तिरिएको बताइएको छ । कर नतिरेका कारण बा ११ च ५९६३ नम्बरको उक्त गाडी हालसम्म नविकरण भएको छैन ।

Coppied from diyopost.com for zero tolerance in corruption

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक