July 29, 2019

नेकपा एकताको गाँठो झनै कसियो, सचिवालय बैठक दुई सातालाई स्थगित

नेकपा एकताको गाँठो झनै कसियो, सचिवालय बैठक दुई सातालाई स्थगित

 श्रावण १३ , काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता प्रक्रियाको गाँठो झनै कसिएको छ । विभिन्न विभागको नेतृत्वमा देखिएको विवाद सोमबार बसेको सचिवालय बैठकले पनि टुंगो लगाउन सकेन ।

अन्य विभागमा खासै विवाद नभए पनि स्कुल विभागका बारेमा पूर्वएमाले र पूर्वमाओवादीबीच विवाद देखिएको छ । विभागको नेतृत्वका लागि सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको मुख्य दाबी देखिए पनि अन्य नेताहरुको पनि दाबेदारी कायमै छ ।

सोमबार बसेको सचिवालय बैठकमा पार्टी एकताका लागि केन्द्रीय निकाय, सल्लाहकार समिति, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय कमिटीमा रहेका सबैको कार्यविभाजन गर्नका लागि कसको कुन विभाग र निकायमा रुची छ भन्ने विषयमा बुझेर मात्रै निर्णय गर्ने निष्कर्ष निकालेको छ ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले रुची र प्राथमिकताका बारेमा सम्बन्धित व्यक्तिलाई पनि सोधेर निर्णय लिइने बताउँदै अहिलेसम्म कुनै पनि विभागको टुंगो नलागेको बताए । गृहकार्यका लागि भन्दै बैठक साउन २८ गतेसम्मका लागि स्थगित भएको छ ।

“सचिवालय बैठकले कुनै पनि विभागको बारेमा कुनै निर्णय गरेको छैन,” उनले भने, “एउटाको मात्रै विवाद छ भन्न मिलेन ।”

नेकपाका नेता झलनाथ खनालले पनि अध्यक्षद्वयको गृहकार्य नपुगेको भन्दै रुचीका बारेमा सम्बन्धित व्यक्तिसँग छलफल गरेर साउन २८ गते बैठक बस्ने बताए । “अध्यक्षद्वयको गृहकार्य पुगेन,” उनले भने, “गृहकार्य गरेर अर्को बैठकले टुंगो लगाउँछ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना