श्रावण १३ , काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता प्रक्रियाको गाँठो झनै कसिएको छ । विभिन्न विभागको नेतृत्वमा देखिएको विवाद सोमबार बसेको सचिवालय बैठकले पनि टुंगो लगाउन सकेन ।
अन्य विभागमा खासै विवाद नभए पनि स्कुल विभागका बारेमा पूर्वएमाले र पूर्वमाओवादीबीच विवाद देखिएको छ । विभागको नेतृत्वका लागि सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको मुख्य दाबी देखिए पनि अन्य नेताहरुको पनि दाबेदारी कायमै छ ।
सोमबार बसेको सचिवालय बैठकमा पार्टी एकताका लागि केन्द्रीय निकाय, सल्लाहकार समिति, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय कमिटीमा रहेका सबैको कार्यविभाजन गर्नका लागि कसको कुन विभाग र निकायमा रुची छ भन्ने विषयमा बुझेर मात्रै निर्णय गर्ने निष्कर्ष निकालेको छ ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले रुची र प्राथमिकताका बारेमा सम्बन्धित व्यक्तिलाई पनि सोधेर निर्णय लिइने बताउँदै अहिलेसम्म कुनै पनि विभागको टुंगो नलागेको बताए । गृहकार्यका लागि भन्दै बैठक साउन २८ गतेसम्मका लागि स्थगित भएको छ ।
“सचिवालय बैठकले कुनै पनि विभागको बारेमा कुनै निर्णय गरेको छैन,” उनले भने, “एउटाको मात्रै विवाद छ भन्न मिलेन ।”
नेकपाका नेता झलनाथ खनालले पनि अध्यक्षद्वयको गृहकार्य नपुगेको भन्दै रुचीका बारेमा सम्बन्धित व्यक्तिसँग छलफल गरेर साउन २८ गते बैठक बस्ने बताए । “अध्यक्षद्वयको गृहकार्य पुगेन,” उनले भने, “गृहकार्य गरेर अर्को बैठकले टुंगो लगाउँछ ।”
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज