सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोटमा कुवेतले जित हात पारेको छ ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा कतारलाई १० रनले पराजित गर्दै कुवेतले पहिलो जित निकालेको हो ।
कुवेतले दिएको १९८ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ५ विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो ।
कतारका लागि कप्तान तमुर साजादले अविजित ४६ रन जोड्दा इनाम उल हकले २८ र फैसल जाभेदले २४ रन बनाए ।
कुवेतका सिराज खान र जन्दु हामुदले २–२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो ।
कुवेतका लागि आदनन इड्रेसले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान मुहमद कासिफले ४३ रन जोड्दा मिट भाबसरले ३५ तथा उस्मान वाहिदले अविजित २८ रन बनाए ।
कतारका इकबाल हुसेन र नुमन सर्वारले २–२ विकेट लिए ।
जितसँगै कुवेतले ३ खेलबाट ३ अंक जोडेको छ । कुवेत दोस्रो स्थानमा छ । त्यस्तै शुक्रबार भएको अर्को खेलमा सिंगापुरले मलेसियालाई हराएको छ । कुवेत र सिंगापुरको जितले नेपाललाई क्वालिफायरमा पुग्न केही सहज हुने देखिएको छ ।
नेपालले अब कुवेत र त्यसपछि सिंगापुरसँग खेल्ने छ। शनिबार हुने खेलमा कुवेतलाई हराए नेपाल दोस्रो स्थानमा उक्लने छ।
पहिलो खेलमा कतारसँग पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियालाई पराजित गर्न सफल भएको थियो ।
प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेतले प्रतिस्पर्धा गरिरहेका छन् ।
यस प्रतियोगिताको विजेता टोलीले असोजमा यूएईमा हुने ग्लोबल छनौटमा प्रतिस्पर्धा गर्नेछ । १४ टोलीको सहभागिता रहने ग्लोबल छनौटमा शीर्ष ६ भित्र रहने टोली अष्ट्रेलियामा २०२० मा हुने विश्वकपमा छनोट हुनेछन्।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद