अफगानिस्तानको राजधानी काबुलमा भएका तीनवटा बम विस्फोटमा कम्तिमा १२ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । आन्तरिक मन्त्रालयका प्रवक्ता नसरत रहिमीका अनुसार स्थानीय समय अनुसार बिहीबार बिहान ८स्१० बजे सरकारी कर्मचारी बोकेको गाडीमा पहिलो बम विस्फोट गराइएको थियो । उक्त विस्फोटमा पाँच जनाको मृत्यु भएको थियो भने १० भन्दा घाइते भएका थिए ।
प्रवक्ता रहिमीले भने, ूपहिलो बम सरकारी कर्मचारी बोकेको मिनिबसमा विस्फोट गराइएको थियो भने त्यसको केही समयमा उक्त विस्फोट भएको नजिकैको क्षेत्रमा दोस्रो आत्मघाती बम विस्फोट गराइएको थियो । त्यसैगरी तेस्रो सैनिक बोकेको कारमा विस्फोट गराइएको थियो ।ू
उक्त मिनिबसमा खानी तथा पेट्रोलियम मन्त्रालयका कर्मचारीहरु सवार थिए । रहिमीका अनुसार मृत्यु हुनेको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।
अधिकारीका अनुसार दोस्रो आत्मघाती विस्फोटमा कम्तिमा सात जनाको मृत्यु भएको थयो भने २० जना घाइते भएका थिए । तेस्रो विस्फोटमा भने मानवीय क्षति नभएको मन्त्रालयले बताएको छ ।
तालिवानी समूहका प्रवक्ताले पहिलो विस्फोटको जिम्मा लिएका छन् भने पछिल्ला दुई वटा विस्फोटमा आफ्नो समूहको संलग्नता नभएको बताएका छन् ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद