July 19, 2019

बालुवाटारमा नयाँ सहमति : गौतमलाई संगठन विभाग, पोखरेल स्कूलिङमा

लामो समयसम्म विवादमा रहेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण प्रक्रियाअन्तर्गत पूर्वएमालेको भागमा परेका ४ महत्त्वपूर्ण विभागको नेतृत्व टुंगो लागेको छ ।

बिहीवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले पूर्वएमालेको भागमा परेको संगठन विभाग, स्कूल विभाग, विदेश विभाग र नीति तथा प्रतिष्ठान विभागको प्रमुख तोकिएको हो । 

सहमति अनुसार सचिवालय सदस्य वामदेव गौतमले संगठन विभागको जिम्मेवारी सम्हाल्नेछन् भने, ईश्वर पोखरेलले स्कूल विभागको जिम्मेवारी लिनेछन् ।

त्यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले विदेश विभाग सम्हाल्ने सहमति भएको छ भने अर्का वरिष्ठ नेता झलनाथ खनालले नीति तथा प्रतिष्ठान विभाग सम्हाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र