
असार ९, रियाद । साउदी अरेबियाको दक्षिणमा रहेको अभा विमानस्थलमा यमनका हुथी विद्रोहीले क्षेप्यास्त्र आक्रमण गरेका छन् । आक्रमणबाट एक जना सिरियाली नागरिकको मृत्यु हुनुका साथै अरु २१ जना घाइते भएको साउदी अधिकारीहरुले बताएका छन् ।
इरानसँगको तनाब बढिरहेका समयमा यमनी विद्रोहीले आक्रमणलाई तिब्र बनाएका छन् । पछिल्लो आक्रमणबाट म्याकडोनाल्डको एक पसलका साथै १८ वटा सवारी साधनमा क्षति पुगेको छ ।
यमनका हुथी विद्रोहीलाई इरानको समर्थन रहेको बताइन्छ । विमानस्थलमा गरिएको आक्रमणबाट घाइते भएकाहरुमा साउदी अरेबिया, इजिप्ट, भारत र बंगलादेशका नागरिकहरु रहेका छन् । घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
विद्रोहीले सञ्चालन गरेको अल–मासिराह टिभीले अभा र जिजान विमानस्थलमा ड्रोनबाट आक्रमण गरिएको दाबी गरेको छ । साउदी अरेबियाले भने जिजान विमानस्थलमा भएको आक्रमणबारे केही उल्लेख गरेको छैन । जुन १२ मा पनि अभा विमानस्थलमा हुथी विद्रोहीले ड्रोनबाट आक्रमण गरेका थिए । उक्त आक्रमणबाट २६ जना घाइते भएका थिए । एजेन्सी
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि