June 18, 2019

५८ सालपछि परीक्षा छुटेका स्नातकोत्तर, स्नातक र प्रवीणता तहमा अन्तिम मौका परीक्षा खुल्यो

जनबोली शिक्षा ब्युरो । त्रिभुवन विश्वविद्यालयले २०५८ सालपछि विशेष कारणले परीक्षा छुटेका विद्यार्थीका लागि मौका परीक्षा खुलाएको छ । स्नातकोत्तर, स्नातक र प्रवीणता प्रमाणपत्र तहमा व्यावहारिक र थेसिस छुटेका विद्यार्थीका लागि परीक्षा दिन पाउने मौका परीक्षाको सूचना त्रिविले निकालेको हो ।

यो सबै संकायका विद्यार्थीका लागि मौका भएको त्रिविले जनाएको छ । थेसिस पेपर, व्यावहारिक परीक्षा र शिक्षण अभ्यास दिन बाँकी रहेका सबैलाई यो मौका दिइनेछ । थप जानकारीका लागि सूचना तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

यता नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी जानकारी गराउने उद्देश्यले ‘१३ औँ शैक्षिक मेला’ आयोजना गर्ने भएको छ ।

सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष विष्णुहरि पाण्डेले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई त्यहाँको शिक्षाबारे जानकारी गराउन मेला आयोजना गरिएको बताउनुभयो । “यहाँबाट विदेशमा पढ्न जाँदा धेरै विद्यार्थी कुन विषय कहाँ पढ्ने भनेर अलमलमा पर्ने गर्दछन्”, उहाँले भन्नुभयो, “त्यसैले विदेशको शिक्षाबारे यहीँ जानकारी गराउन मेला आयोजना गरिएको हो ।”

मेलामा स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालय र त्यहाँबाट प्राप्त हुने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षाका बारेमा समेत जानकारी गराइनेछ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा यही असार २६ देखि २९ गतेसम्म सञ्चालन हुने मेलामा करीब चार सय शैक्षिक संस्थाका स्टल राखिनेछ ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेलामा उपत्यकाबाट आउने विद्यार्थीलाई लक्षित गरी निश्चित रुटमा निःशुल्क यातायातको व्यवस्थासमेत गरिएको सङ्घका अध्यक्ष पाण्डेले बताउनुभयो । मेलामा भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजिल्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मनलगायत देशका विश्वविद्यालय तथा कलेजको समेत सहभागित हुनेछ ।

यसैगरी पूर्वप्राथमिक विद्यालय तहमा काम गर्ने शिक्षकले प्राथमिक तहका शिक्षकसरहको तलब सुविधाको माग गर्दै आज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष लक्ष्मीनारायण दुवाल, नेक्राशिसङ्घ भक्तपुर जिल्ला समितिका सचिव गणेशराम थुसा र राहत शिक्षक एकाइका संयोजक सीतालक्ष्मी छुस्याकीको नेतृत्वमा आएको टोलीले सो ज्ञापनपत्र बुझाएको हो ।

प्रावि तहमा काम गर्ने शिक्षकको शैक्षिक योग्यता एसइइ पूरा भएको हुनुपर्ने, राहत शिक्षकलाई प्रत्येक वर्ष पुनःताजगी तालीम दिलाइनुपर्ने, विद्यार्थी सङ्ख्याअनुसार प्रत्येक १५ विद्यार्थी बराबर एक शिक्षकको व्यवस्था हुनुपर्ने माग ज्ञापनपत्रमा छ । तलब भत्ता, पोशाक भत्ता तथा महङ्गी भत्ताका साथै पेशागत सुनिश्चितताको व्यवस्था गरिनुपर्र्ने र स्थानीय सरकार तथा प्रदेश सरकार समेतले शिक्षामा बजेट व्यवस्था गर्नुुपर्नेलगायत १२ बुँदे माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख सुनिल प्रजापतिले राहत शिक्षकको समस्या सम्बोधन गर्न नगरपालिका सकारात्मक रहेको र नगरभित्रका सामुदायिक तथा आधारभूत विद्यालयका शैक्षिकस्तर उठाउन शिक्षक–शिक्षिकालाई नयाँ सिकाइ प्रविधिको तालीम सञ्चालन गरी विद्यालयको नियमित अनुगमन गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र