June 1, 2019

 पुनः अमेरिकाको भर्निजियामा बन्दुक आक्रमण १२ को मृत्यु 

जेठ १८, बीबीसी । अमेरिकाको भर्जिनिया राज्यमा रहेको भर्जिनियाँ बीच सहरको एक सरकारी भवन अन्धाधुन्ध बन्दुक आक्रमण भएको छ । हालसम्म प्राप्त भएको जानकारी अनुसार घटनामा कम्तिमा १२ मानिसको मृत्यु भएको छ र ६ घाइते भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार बन्दुक आक्रमण भर्जिनियाको एक सरकारी भवनमा भएको थियो । 

स्थानीय प्रहरीका अनुसार संदिग्ध आक्रमणकारी भर्जिनिया बीच म्युनिसिपल सेन्टरका कर्मचारी हो र उसले आफ्नै कार्यस्थलमा अन्धाधुन्ध गोलीबारी गरेको थियो । 

हालसम्म आक्रमणकारी पहिचान सार्वजनिक गरिएको छैन तथापी प्रहरीले उक्त व्यक्तिको पनि मृत्यु भइसकेको जानकारी दिएको छ । 

भर्जिनिया बीचका मेयर बबी डायरले घटनालाई शहरको इतिहासको सबैभन्दा ‘त्रासदीपूर्ण दिन’ बताए । 

अमेरिकामा हुने बन्दुक आक्रमणको लेखाजोखा राख्ने बेवसाइट ‘गन भ्वाइलेन्स अर्काइव’का अनुसार भर्जिनियाँ बीचमा भएको बन्दुक आक्रमण अमेरिकामा यो वर्ष भएको १५० औं घटना हो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि