June 1, 2019

बालबालिकाको सही विकासका लागि यी कुरामा ध्यान दिनुहोस्

 
 

Related image

जेठ १७ ।  भारतका प्रख्यात शिक्षाशास्त्री गिजुभाइले शिक्षकका रुपमा आफ्नो पूरा समय बालमैत्री शिक्षाकै लागि खर्चिए । गुजराती भाषाका यी शिक्षासेवीले आफ्नो अनुभव र प्रयोगबाट बालबालिकाका लागि उपयोगी शिक्षण विधिको परिकल्पना गरे ।

बालबालिकाको सही विकासका लागि सही शैक्षिक वातावरणको कुरा उठाउँदै त्यसमै केन्द्रित रहेर उनले धेरै पुस्तक पनि लेखेका छन् ।

पुस्तकहरुमार्फत उनले बालबालिकाको सार्थक सिकाइ र विकासका लागि घरको वातावरण महत्वपूर्ण हुनेमा अभिभावकको ध्यानाकर्षण गर्दै शिक्षकलाई समेत जिम्मेवार हुन आग्रह गरेका छन् ।यति पनि नगर्ने ?

गानाबजाना गर्ने ठाउँमा जान छोडेर बच्चालाई बगैंचामा लैजानुस् ।

गफमा अल्झिनुको साटो बच्चालाई चिडियाखाना देखाउन लैजानुस् ।

अखबारमा मात्र अलमलिएर नबसी बच्चाको कुरा पनि सुन्नुस् ।

राति सुत्ने समयमा बच्चालाई असल कहानीहरु सुनाउनुस् ।

बच्चाको हरेक काममा गहिरो चासो देखाउनुस् ।

आत्मसुधार

बच्चालाई यस कारण सम्मान गर्नुस, ताकि हामीमा आत्मसम्मानको भावना जागोस् । बच्चालाई गाली गर्ने, तर्साउने नगर्नुस् । जसले गर्दा गाली गर्ने र तर्साउने हाम्रो खराब बानी छुट्दै जाओस् । बच्चालाई नपिट्नुस् जसले गर्दा मारपिट गर्ने हाम्रो पशु–वृत्ति नष्ट हुन सकोस् । यसरी आफूलाई सुधारेर नै हामी आफ्ना बच्चालाई सही रुपमा विकास गर्न सक्छौं ।

डर र लोभ

आमा, बुवा र शिक्षकले बुझिराख्नुस् पिटेर वा लोभ देखाएर बच्चा सुन्न सक्दैनन्, बरु उल्टै बिग्रिँदै जान्छन् । पिटेपछि बच्चामा झन् उग्र भावना बढ्छ । लोभ देखाउँदा बच्चा लालची बन्छन् । डर र लोभका कारण बच्चा निर्लज्ज, थेत्तरो, जिद्दी र दीन(हीन बन्छन् ।

सुन्दर संसार घर

यदि आमाबुवाले आफूले जस्तोसुकै आचरण गरे पनि आफ्नो बच्चालाई संस्कारी बनाउन सकिन्छ भन्ने सोच्छन् भने, त्यो ठूलो भूल हो । आमाबुवा र घर, दुइटै संसारको

सबैभन्दा ठूलो र शक्तिशाली चिजहरु हुन् । घरमा बिग्रेको बच्चालाई भगवान् पनि सुधार्न सक्दैनन् !

प्रकृतिको उपहार

प्रकृतिबाट टाढा रहने बच्चाले प्रकृतिको विविधताबारे कसरी थाहा पाओस् ! झलमल्ल चन्द्रमा, कलकल बग्ने नदी, खेतको माटो, परालको घर, पहाडको ढुंगा, आकाशको रंग र खुला हावा, यी सबै ती उपहार हुन्, जुन बच्चालाई प्रकृतिबाट प्राप्त भएका हुन् । बच्चालाई मन लागुन्जेल प्रकृतिको आनन्द लुट्न दिनुस् ।

गतिमान

बच्चा पल–पलमा बढ्ने प्राणी हो । बच्चाको दृष्टि हर समय प्रश्न सोध्ने खालको हुन्छ । बालकको हृदय केही बोलिरहने खालको हुन्छ । बच्चाको व्याकरणमा प्रश्न र बोली हुन्छ । तर पूर्णविराम कतै पनि हुँदैन । बच्चाको अर्थ हो, निरन्तर गति जहाँ अल्पविराम समेत हुँदैन ।

झैँ-झगडा

आमाबुवा र अरु ठूला मान्छेको झगडाको कारण घरको वातावरण प्रायः अशान्त रहने गर्छ । यसले गर्दा बच्चा निकै दिक्क हुने गर्छन् । अरु केहीका लागि नभए पनि आफ्नो बच्चाका लागि भए पनि हामी घरमा मिजासिलो रुपमा जीवन जिउन सिकौं । घरको शान्त र सुखी वातावरणमा नै बच्चाको राम्रो शिक्षा पाउन सक्छ ।

जीवित ग्रन्थ

जो पुस्तक पढेर ज्ञान प्राप्त गर्छन्, उनीहरु शिक्षक बन्छन् । जो बच्चालाई पढेर ज्ञान प्राप्त गर्छन्, उनीहरु शिक्षाशास्त्री बन्छन् । शिक्षाशास्त्रीको लागि प्रत्येक बच्चा एक समर्थ, अद्वितीय र जीवित ग्रन्थ हुन् ।

बालकको शक्ति

तपाईं सारा संसारलाई धोका दिन सक्नुहुन्छ, तर, आफ्ना बच्चाहरुलाई धोका दिन सक्नुहुन्न । तपाईं सबैलाई मूर्ख बनाउन सक्नुहुन्छ, तर, आफ्ना बच्चाहरुलाई कहिल्यै मूर्ख बनाउन सक्नुहुन्न । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मित्रता : डिजिटल युगमा विश्वास, सहकार्य र मानवताको सेतु

मित्रता केवल व्यक्तिगत सम्बन्ध होइन, शान्ति, लोकतन्त्र, सामाजिक सद्भाव र दिगो विकासको आधार पनि हो।

सुनसरी घटनाबारे सुरक्षा परिषद्को बैठक

काठमाडौं, १४ साउन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्रीको

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित

मितव्ययिताको नाममा कानुन र संविधानविपरीत कार्य गर्न नमिल्ने भन्दै बिज्ञापन सम्बन्धि सरकारको निर्णय सर्वोच्चद्वारा खारेजी

बुधबार, ६ साउन २०८३काठमाडौँ। सर्वोच्च अदालतले सरकारी विज्ञापन तथा सूचना सरकारी स्वामित्वका सञ्चारमाध्यम (गोरखापत्र, रेडियो

देशभरका अदालतले एक वर्षमा ५५ प्रतिशत मुद्दा फर्स्योट

सर्वोच्चको फर्स्योट दर २९.४६ प्रतिशत, उच्च अदालतमा दुई वर्षभन्दा पुराना मुद्दा शून्य काठमाडौं, साउन ४