May 23, 2019

भारतमा फेरि मोदीको लहर, रुझानमा भाजपालाई बहुमत

काठमाडौँ जेठ ९ : भारतमा जारी लोकसभा निर्वाचनको प्रारम्भिक रुझानमा सत्तारुढ दल भारतीय जनता पार्टी(भाजपा) पुनः सत्तामा पुग्ने संकेत देखाएको छ।

भारतीय निर्वाचन आयोगले ५ सय ४३ स्थान मध्ये ५ सय ३७ स्थानमा रुझान सार्वजनिक गरेको छ। पछिल्लो तथ्यांक अनुसार भाजपा २ सय ७८ स्थान अग्रता कायम गरेको छ।

रुझानमा भाजपा बहुमतका संख्याभन्दा बढी हो। विपक्षी दल कांग्रेसको ६३ स्थानमा आग्रता रहेको छ।

त्यसैगरी आन्ध्र प्रदेशका क्षेत्रीय दल वाइसीआर कांग्रेसले २३ स्थानमा आग्रता कायम गरेको छ। त्यसैगरी पश्चिम बंगालमा त्रिणमुल कांग्रेस र तामिलनाडुको डिएमकेले २२ –२२ स्थानमा आग्रता कायम गरेको छ।

महाराष्ट्रमा शिव सेनाले १७ तथा जनता दल युनाइटेडले १५ स्थानमा जीत हासिल गरेको छ।

त्यसैगरी उत्तर प्रदेशमा बहुजन समाज पार्टीका १५ र समाजवादी पार्टीले ९ स्थानमा आग्रता कायम गरेको छ। भाजपाले उत्तर प्रदेशमा केही स्थानमा पछि परे पनि पश्चिम बंगाल, उडिसा, उत्तर पूर्वी राज्यहरुमा त्यसमा क्षतिपूर्ति गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष