जेठ ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदन भण्डारीले अघि सारेको विचारधारा नेकपाले नत्याग्ने बताएका छन् ।
२६ औं मदन–आश्रित स्मृति दिवसका अवसरमा मदननगर बल्खुमा आयोजित स्मृति सभालाई सम्बोधन गर्ने क्रममा प्रम ओलीले यस्तो धारणा राखेका हुन् ।
उनले प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले एकीकृत पार्टीले जननेता मदन भण्डारीले अगाडि सारेको विचारधारालाई छाड्न नमिल्ने प्रष्ट पारे । उनले भने, ‘हामीले मदन भण्डारीको विचारलाई मार्गदर्शक सिद्धान्तका रुपमा समयानुकुल ढंगल सिर्जनात्मक प्रयोग गर्नुपर्छ । उहाँले अघि सारेको विचारधारालाई हाम्रो पार्टीले छाड्दैन र छाड्नै मिल्दैन ।’
कार्यक्रममा नेकपाका अध्यक्ष समेत रहेका प्रम ओलीले सिंगो पार्टी एक जुट हुनुपर्ने बताए ।
जनतामा निराशा बाँड्ने र समाजमा अराजकता सिर्जना गर्ने प्रयास भइरहेको भन्दै सिंगो पार्टी एकजुट भएर विपक्षीका भ्रम चिर्नुपर्ने स्पष्ट पार्दै उनले भने, ‘हाम्रो विरोध गर्ने नाममा समाजलाई अनुशासनहीन, अराजक बनाउने प्रयास भइरहेको छ । अहिले राष्ट्रपतिको होइन, गणतान्त्रिक पद्धतिको विरोध भइरहेको हो भनेर बुझनुपर्छ ।’
यस्तै प्रधानमन्त्री ओलीले अहिले सरकारसँग दुई तिहाई अलिकति नपुगेको स्पष्ट पार्दै अर्को चुनावमा नेकपाले एकल रुपमा नै दुई तिहाई ल्याउने दाबी गरे । उनले भने, ‘अहिले हामीसँग दुई तिहाई अलितकति पुगेको छैन, तिनीहरुलाई हाम्रो बहुमत नपचेर के गर्नु ? अर्को पटक नेकपाले एकल रुपमा दुई तिहाई ल्याउँछ । हाम्रो यो सफलताको शिखर होइन, आरम्भ हो ।’
प्रम ओलीले २०४७ सालदेखि विभिन्न व्यक्तिले कब्जा गरेको बालुवाटारको जग्गा फिर्ता ल्याउन लाग्दा सरकारकै आलोचना भएको भन्दै दुःख पनि व्यक्त गरे ।
काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक
वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय
वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको
वैशाख १४,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र