May 14, 2019

प्रेसका नाममा छाडा तन्त्रलाई कारवाही हुन्छ : संचार मन्त्री

 

बैशाख ३१, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रेसलाई नियन्त्रण नभइ नियमन गर्न लागिएको बताएका छन् ।

चितवन स्थित नेपाल टेलिकम दुरसञ्चार कार्यालय सौराहामा फाइबर टु दि होम (एफटिटिएच) सेवाको सुभारम्भ गर्दै सञ्चारमन्त्री बाँस्कोटाले प्रेसलाई कमजोर नबनाइने बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘प्रेसलाई होइन, प्रेसका नाममा छाडा तन्त्रलाई कारवाही गरिन्छ । हातमा कलम छ भन्दैमा पुष्टि नगरि समाचार लेख्न पाईँदैन । यथार्थता र पुष्ट्याईँ गरेर आम जनतालाई सुसुचित गराउनुपर्छ’, मन्त्री बाँस्कोटाले भने ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले स्वतन्त्र प्रेसको विरुद्धमा सरकार नभएको पनि स्पष्ट पारे । ‘सरकार स्वतन्त्र प्रेसको विरुद्धमा छैन । उत्तरदायी बनाउन नियमन गर्न लागिएको हो । समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरिँदैन’, उनले भने ।

प्रेसलाई नियन्त्रण गर्न खोजिएको भन्दै अहिले नेपाल पत्रकार महासंघ लगायत पत्रकार संगठनहरुले गरिरहेको आन्दोलनप्रति इगिंत गर्दै उनले पछि लाज मान्नु पर्ने बताए ।

समानुपातिक विज्ञापन प्रणालीलाई नमान्ने, न्युनतम पारिश्रमिक दिन नखोज्नेको मोर्चा हाबी भएको उनको भनाइ छ ।

कार्यक्रममा नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले आम जनतालाई उच्चस्तरको इन्टरनेट र भिडियो सेवा उपलब्ध गराउने एफटिटिएच सेवाको सुभारम्भ गरिएको बताए ।

नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय वीरगञ्जका प्रमुख अमलेन्द्र नारायण सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद कृष्ण प्रसाद खनाल, रत्ननगर नगरपालिकाका मेयर नारायण वन, नेपाल टेलिकम कार्यालय भरतपुरका प्रमुख दिपक कुँवर लगायतले मन्तव्य राखेका थिए ।

एफटिटिएच सेवाबाट भिडियो, डाटा र भ्वाईस एउटै प्रविधिबाट प्रयोग गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज