बैशाख २३ : गत अप्रिल २२ मा रिलिज भएको हलिउड चलिचित्र ‘एभेन्जर्स इन्डगेम’को कमाई २ अर्ब अमेरिकी डलर नाघेको छ।
यस चलचित्र विश्वकै सबैभन्दा बढी व्यापार गर्ने चलचित्रको दोस्रो स्थानमा समेत पुग्न सफल भएको छ। हालसम्म यसको कमाई २.१८९ अर्ब डलर रहेको छ।
११ दिनमै २ अर्बको व्यापार गरेको यस चलचित्र इतिहासमै सबैभन्दा छिटो २ अर्ब कमाउने चलचित्र बनेको छ। साथै यस चलचित्र २ अर्ब डलर व्यापार गर्ने इतिहासकै पाँचौ फिल्म पनि बनेको छ।
मार्भल स्टुडियोको निर्माणमा बनेको एभेन्जर्स इन्डगेमले यही तवरबाट व्यापार गरे सबैभन्दा बढी व्यापार गर्ने चलचित्र बन्ने अनुमान गरिएको छ।
विश्वमा सर्वाधिक व्यापार गर्ने ५ चलचित्रहरु
१. अवतारः २.७८७ अर्ब अमेरिकी डलर
२. एभेन्जर्स इन्डगेमः २.१८९ अर्ब अमेरिकी डलर
३. टाइटेनिकः २.१८६ अर्ब अमेरिकी डलर
४. स्टार वार्सः द फोर्स अवेकन्सः २.०५४ अर्ब अमेरिकी डलर
५. एभेन्जर्स इन्फिनिटी वारः २.००३ अर्ब अमेरिकी डलर एजेन्सी
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको