April 30, 2019

समाजकल्याण परिषदद्वारा भृकुटीमण्डप र टुकुचा तरकारी बजारको करार सम्झौता भङ्ग

 

समाज कल्याण परिषदको स्वामित्वमा रहेको सो जग्गा काठमाडौं फनपार्क प्रा.लि. ल्यामपुचः र हरितकृषि सहकारीले सम्झौता गरेर भाडामा लिएका थिए । फनपार्कले ६० रोपनी, ल्यामापुचःले २५ रोपनी र हरितकृषि सहकारीले ८.५ रोपनी जग्गा उपभोग गर्दै आएका छन् ।

उक्त जमीनमा काठमाडौं फनपार्क र ल्यामपुचःले बालबालिका लक्ष्यित खेल सामग्री तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिरहेका छन् । उनीहरुले सस्तोमा जग्गा भाडामा लिएर बालबालिकाहरुसँग महंगो शुल्क असुल्दै आएका छन् । हरित कृषि सहकारीले टुकुचा तरकारी बजार सञ्चालन गरेको छ ।

समाज कल्याण परिषदमा अनियमितता भएको विषयमा छानविन गर्न सरकारले गठन गरेको समितिले जग्गा भाडा सम्झौतामा अनियमितता भेटिएको भन्दै प्रतिवेदन बुझाएको थियो । अत्यन्त न्यून मूल्यमा जग्गा भाडामा दिइएको प्रतिवेदनको ठहर थियो ।

सोही प्रतिवेदनका आधारमा सम्झौता रद्दको एकतर्फी निर्णय भएको प्रवक्ता बस्नेतले बताए ।

‘काठमाडौं फनपार्क र ल्यामपुचःलाई १५ दिनअगाडि नै पत्र काटेर सम्झौता भंगको जनाकारी गराइसकेका छौं,’ उनी भन्छन्, ‘हरितकृषि सहकारीलाई पत्र पठाइसकेका छौं ।’

सम्झौता भंग गरिएका तीनै पक्षलाई पत्र प्राप्त मितिले ६० दिनभित्र उक्त जमिन खाली गर्न परिषदले सूचित गरेको छ ।

तर, फनपार्कको २५ रोपनी जमिन ०५३ सालदेखि प्रयोग गर्दै आएको ल्यामपुचःले पत्र बुझ्न अस्वीकार गरेको परिषदले जनाएको छ । ०५३ सालमा ल्यामपुचःसंग २५ वर्षका लागि, ०६९ सालमा काठमाडौं फनपार्कसँग १५ वर्षका लागि र ०७४ असोज ३० मा हरितकृषि सहकारीसँग २५ वर्षका लागि करार गरिएको थियो ।

विभिन्न समयमा भएका फरक-फरक सम्झौताअनुसार यी तीनवटै पक्षलाई तोकिएको भाडादर अस्वभाविकारुपमा सस्तो थियो । सम्झौताअनुसार फनपार्कले परिषदलाई मासिक ६ लाख १० हजार रुपैयाँ भुक्तानी गर्छ । यस्तै ल्यामपुचःले परिषदलाई मासिक १३ हजार २६७ रुपैयाँ र त्यहाँ सञ्चालित रेल टिकटको ५ प्रतिशत रकम बुझाउने सर्तमा २५ वर्षका लागि भाडामा पाएको थियो ।

ल्यामपुचःसँगको परिषदको सम्झौता सकिन २ वर्ष मात्रै बाँकी छ । हरित कृषि सहकारीले मासिक ११ लाख ९६ हजार ९ सय रुपैयाँ बुझाउने सर्तमा तरकारी बजार सञ्चालनमा ल्याएको थियो ।

ठेक्का लिने व्यवसायी भन्छन्- अदालत जान्छौं

ल्यामपुचःकी अध्यक्ष सहशीला श्रेष्ठले समाज कल्याणसँग आफ्नो कम्पनीले गरेको सम्झौता भंगबारे कुनै औपचारिक पत्र प्राप्त नभएको दावी गरिन् । सम्झौता अनुसार अझै तीन बर्ष आफूहरुले यस ठाउँमा ब्यापार गर्न पाउनुपर्ने भन्दै उनले अन्यथा गरिए अदालत गएर कानुनी उपचार खोजिने बताइन् ।

काठमाडौं उपत्यकाका बालबालिकालाई मनोरञ्जन दिँदै आएको कम्पनीलाई हठात रुपमा हटाइनु नहुने उनको तर्क छ ।

करार भंगबारे काठमाडौं फनपार्कका सञ्चालक रबिन्द्र गुरुङसँग सम्पर्क गर्न प्रयास गर्दा उनी देश बाहिर भएको फनपार्कका म्यानेजर बोधराज कट्टेलले जानकारी दिए ।

आफूहरुले नियमसंगत ढंगबाटै काठमाडौं फनपार्क सञ्चालन गरिरहेको भन्दै उनले करार सम्झौता खारेजबारे कुनै औपचारिक जानकारी आफूले नपाएको बताए ।

त्यस्तै, हरित कृषि सहकारीले एक प्रेस विज्ञप्ति जारी गरेर किसानहरुलाई आत्मनिर्भर बनाउन गरिएको प्रयास नबिथोल्न सरकारलाई आग्रह गरेको छ ।

सहकारीका कार्यकारी कार्यकारी प्रमुख कोमलचन्द्र बरालद्वारा जारी विज्ञप्तिमा किसानको रोजीरोटी नखोस्न आग्रह गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले