बैशाख २, काठमाडौं । आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गतको तेस्रो खेलमा घरेलु टोली मलेसियालाई पराजित गर्दै नेपालले जित हात पारेको छ ।
नेपालले मलेसियालाई ८ विकेटले पाखा लगाएको हो । जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
क्वालाम्पुरस्थित बायुमास ओभलमा मलेसियाले दिएको ९३ रनको लक्ष्य पछ्याएको नेपालल १३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि रित गौतमले ३९, आशिफ शेखले २६, पवन सर्राफले १६ र रोहितकुमार पौडेलले ६ रन बनाए ।
मलेसियाका साफीक स्याकिर र सुक्री मादेलीले १/१ विकेट लिए भने कमल सिंह ऐरीले २ विकेट हात पारे ।
टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ३३.५ ओभरमा सबै विकेट गुमाएर ९२ रन बनाएको थियो। मलेसियाका लािग लेज्जट ड्यानियल फिक्रेले ५५ बलमा ३७ रन बनाएका थिए। यस्तै मुहम्मद आमिले १३ र हाकिम हिर्सनले १० रन जोडे । अन्यले दोहोरो अंक जोड्न सकेनन्।
नेपालका पवन सर्राफ र कुशल मल्ले ३/३ विकेट लिए।
सुरुवाती दुई खेलमध्ये एक खेल मात्रै जितेको नेपाल ३ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।
अब नेपालले मंगलबार ओमानसंग खेल्ने छ । यसअघि छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा युएईसँग १ रनले पराजित भएको थियो ।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
कात्तिक २, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार
आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको
काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति