April 15, 2019

नेपालद्वारा मलेसिया पराजित

 

नेपाली यू-१९ टोली

बैशाख २, काठमाडौं । आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गतको तेस्रो खेलमा घरेलु टोली मलेसियालाई पराजित गर्दै नेपालले जित हात पारेको छ ।

नेपालले मलेसियालाई ८ विकेटले पाखा लगाएको हो । जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

क्वालाम्पुरस्थित बायुमास ओभलमा मलेसियाले दिएको ९३ रनको लक्ष्य पछ्याएको नेपालल १३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि रित गौतमले ३९, आशिफ शेखले २६, पवन सर्राफले १६ र रोहितकुमार पौडेलले ६ रन बनाए । 

मलेसियाका साफीक स्याकिर र सुक्री मादेलीले १/१ विकेट लिए भने कमल सिंह ऐरीले २ विकेट हात पारे ।

टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ३३.५ ओभरमा सबै विकेट गुमाएर ९२ रन बनाएको थियो। मलेसियाका लािग लेज्जट ड्यानियल फिक्रेले ५५ बलमा ३७ रन बनाएका थिए। यस्तै मुहम्मद आमिले १३ र हाकिम हिर्सनले १० रन जोडे । अन्यले दोहोरो अंक जोड्न सकेनन्।

नेपालका पवन सर्राफ र कुशल मल्ले ३/३ विकेट लिए।

सुरुवाती दुई खेलमध्ये एक खेल मात्रै जितेको नेपाल ३ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । 

अब नेपालले मंगलबार ओमानसंग खेल्ने छ । यसअघि छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा युएईसँग १ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले