April 12, 2019

स्थानीय तहमा अनियमितता र भ्रष्टाचार:अख्तियारको निगरानी

चैत्र २९, पर्वत । संघियताले स्थानीय तहलाई जति बलियो बनायो त्यत्ति नै भ्रष्टाचार र अनियमितताको अखडा समेत बनाइरहेको छ । यसै सन्दर्भमा देशभरका स्थानीय तहका जनप्रतिनिधिहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी गरिररहेको बुझिएको छ । 

उक्त निगरानीको विषयमा आयोगका आयुक्त डा. सावित्री गुरुङले सार्वजनिक स्थलमै कुरा गरेपछि बाहिरिएको हो ।

अख्तियारको क्षेत्रिय कार्यालय पोखराले पर्वतमा गरेको अन्तक्रियामा बोल्दै डा. गुरुङले स्थानीय तहमा अनियमितता र भ्रष्टाचारको गुनासो आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी बढाएको बताएकी छन् ।
‘पछिल्लो समय स्थानीय तहमा अत्याधिक ब्रष्टाचार र अनियमितता भइरहेको भन्दै गुनासा र उजुरीहरु आइरहेका छन्, तिनलाई आयोगले सुक्ष्म ढंगले अध्ययन अनुसन्धान गरिरहेको छ ।’ उनले भनिन् ।

आयुक्त गुरुङले आयोगले जनप्रतिनिधि र स्थानीय तहमा भइरहेका अनियमितताबारे निगरानी राखेको र जुनसुकै बेला पनि कारवाही हुनसक्ने भन्दै जनप्रतिनिधिले पदीय आचरण बाहिर गएर काम गर्न नहुने बताइन् । ‘हामीले निगािरनी गरिरहेका छौं, स्थानीय तहमा अत्याधिक अनियमतिता भएको छ । त्यसलाई रोक्न आयोग जुनसुकै कमद चाल्न तयार छ ।’ उनले भनिन् ।

 
डा. गुरुङले स्थानीय तहमा जथाभावी नियम बनाउने र अनावश्यक रुपमा खर्च गर्ने प्रवृत्ति बढेको भन्दै प्रचलित कानूनले वर्जित गरेका काम गर्ने जनप्रतिनिधि भ्रष्टाचारको अभियोगमा पर्ने खतरा रहेको जिकिर गरिन् । ‘नियमानुसार भन्दापनि जथाभावी नियम बनाएर काम गराउने प्रचलन बढेको छ । नितीगत अनियमिततामा पनि आयोग चुप लागेर बस्दैन ।’ उनले भनिन् ।

उनले स्थानीय तहमा उपभोक्ता समितिमा आफन्तलाई राख्ने, आफ्ना र आफन्तका निर्माण उपकरण परिचालन बढेको र जनप्रतिनिधिकै संलग्नतामा प्राकृतिक स्रोतसाधनको दोहन भइरहेको दावि गर्दै त्यस्तै विषयमा आयोगमा अत्याधिक उजुरी आएको समेत बताइन् । 
आयोगले त्यस्ता काम कारवाही र निर्णयप्रति विशेष ध्यान दिएको स्पष्ट पार्दै उनले जनप्रतिनिधिलाई नियमानुसार काम गर्न सुझाब दिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट