March 11, 2019

ईपीएस भाषा परीक्षाको आवेदन खुल्दै

 

काठमाडौं, २७ फागुन । दक्षिण कोरियाले सन् २०१९ मा लिने ईपीएस भाषा परीक्षाका लागि नेपाली कामदारको कोटा तोकेको छ । कोरियाले १६ देशमध्ये सबैभन्दा बढि नेपाली कामदार लैजाने भएको हो । ईपीएस कोरिया शाखाले भोलि सूचना जारी गर्दै भाषा परीक्षाका लागि आवेदन खुल्ला गर्ने तयारी गरेको हो ।

यस वर्ष ईपीएस भाषा परीक्षा मार्फत ४३ हजार नयाँ कामदार लिने निर्णय गरेको कोरियाले नेपाली कामदारका लागि १० हजार ५० जनाको कोटा तोकेको छ । यसमध्ये कृषि क्षेत्रमा ३ हजार र उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० जनाको कोटा निर्धारण गरिएको छ । यद्यपी कोटा अनुसार सबै कामदार लैजाने निश्चित हुँदैन ।

Related image

गत वर्ष भाषा परीक्षा पास गरेका मध्ये यस वर्ष ९ सय ८९ जना कोरिया उडिसकेका छन् । अरु पनि विभिन्न चरणमा कोरिया जान पाउनेछन् । सन् २०१८ मा सबैभन्दा बढि ८ हजार ५ सय ११ जना नेपाली श्रमिक कोरिया गएका थिए । भाषा परीक्षा पास गर्नेमध्ये सन् २०२० मा प्राथमिकताका आधारमा रोजगारीका लागि कोरिया जान पाउने छन् ।

ईपीएस भाषा परीक्षा गरेर कोरियाले ४ वर्ष १० महिनाका लागि रोजगारीमा लैजाने गरेको छ । रोजगार अनुमति प्रणाली ईपीएस सुरु भएयता सन् २००८ देखि ५९ हजार ६ सय ५८ जना कोरिया पुगिसकेका छन् । तर भाषा पास गर्नेको संख्या ७० हजार ४ सय ६९ रहेको छ ।

भाषा परीक्षा पास गर्ने सबै कोरिया जान पाउने निश्चित हुँदैन । ईपीएस परीक्षामा सबैभन्दा बढि गत वर्ष ८२ हजार २ सय ३५ जनाले आवेदन दिएकोमा ७ हजार ९ सय ९६ जना उत्तिर्ण भएका थिए । भाषा परीक्षामा सहभागी हुनेको उमेर १८–३९ हुनुपर्ने शाखाले जनाएको छ ।

भाषा परीक्षा उत्तीर्ण गर्नेको नामावली रोस्टर सूचीमा राखेपछि कोरियाका रोजगारदाताले कामदार छनोट गर्छन् । भाषा परीक्षा उत्तीर्ण गरे पनि रोजगारदाताले नबोलाए कोरिया जान पाउँदैनन् । दुई वर्षको अवधिमा रोजगारदाताले नबोलाए भाषा परीक्षा उत्तीर्ण गरेकाको नाम रोस्टर सूचिबाट हट्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र