काठमाडौं । आज क्रिकेट खेलाडी संघ सिप्यानको आयोजनामा हुने एनसीसीएस सीप्यान क्रिकेट अवार्ड २०१९ प्रदान गरिने भएको छ । कार्यक्रममा क्रिकेटका विभिन्न विधामा पहिलो पटक अवार्ड वितरण गर्न लागिएको हो ।
काठमाडौंमा हुने कार्यक्रममा वर्ष क्रिकेट खेलाडी पुरुष, वर्ष क्रिकेट खेलाडी महिला र उदयीमान क्रिकेट खेलाडी विधामा अवार्ड वितरण गरिनेछ । त्यस्तै, २०१८(२०१९ मा उत्कृष्ट मोमेन्ट अफ द इयर र लाईफटाइम अचिभमेन्ट अवार्ड पनि रहेको छ ।
मोमेन्ट अफ द इयरको १० उत्कृष्ट क्षण यसअघि नै सार्वजनिक भइसकेको छ भने लाईफटाइम अचिभमेन्ट अवार्डबाट एक जना पुरस्कृत हुने छन् । वर्ष क्रिकेट खेलाडी पुरुष, वर्ष क्रिकेट खेलाडी महिला र उदयीमान क्रिकेट खेलाडी विधामा यसअघि नै ५(५ खेलाडीको नाम सार्वजनिक भइसकेको छ ।

वर्ष क्रिकेट खेलाडी पुरुष विधामा पारस खड्का, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने र सोमपाल कामी छन् । त्यस्तै, वर्ष क्रिकेट खेलाडी महिलामा इन्दु शर्मा, करुणा भण्डारी, रुविना क्षेत्री, सरिता मगर र सीता रानामगर मनोनयनमा परेका छन् ।
त्यस्तै, उदयीमान क्रिकेट खेलाडीको अवार्डमा सन्दीप जोरा, अविनाश बोहरा, कविता कुँवर, ललितनारायण राजवंशी र रोहितकुमार पौडेल मनोनयनमा छन् । वर्ष क्रिकेट खेलाडी पुरुषको पुरस्कार राशी १ लाख ३२ हजार रुपैयाँ छ भने वर्ष क्रिकेट खेलाडी महिला र उदयीमान क्रिकेट खेलाडीको पुरस्कार राशी ६६ हजार रुपैयाँ रहेको छ ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले