February 26, 2019

रोजगार संयोजक मागभन्दा कम उत्तिर्ण, कुन प्रदेशमा कति ?

 


फागुन १४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि सेवा केन्द्रमा रहने रोजगार संयोजकको नतिजा सार्वजनिक भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलयले सार्वजनिक गरेको नतिजा अनुसार ७ सय ५३ वटा स्थानीय तहका लागि संयोजक माग गरिएकोमा ५ सय २१ जना मात्रै उत्तिर्ण भएका छन् ।
मागभन्दा २ जना ३२ जना कम कर्मचारी छनोट भएका हुन् ।

नेपाल सरकारद्धारा चालू आर्थिक वर्ष २०७५/७६ देखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रम प्रारम्भ गरेको छ । यो कार्यक्रम सञ्चालन गर्न प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिएको र सो केन्द्रमा काम गर्नको लागि ७ सय ५३ जना रोजगार संयोजक करारमा भर्ना गर्न लागिएको हो । यसका लागि गत माघ ४ गते विज्ञापन भएको थियो ।

२३ हजार ९ सय ६८ आवेदनहरू मध्ये २ हजार २ सय ६५ जना उम्मेदवार प्रारम्भिक योग्यताक्रममा छानिएका थिए । प्रारम्भिक योग्यताक्रममा छानिएका उम्मेदवारहरुको फागुन ११ र १२ गते अन्तिम छनौटका लागि अनलाईन प्रणालीमा आधारित कम्प्युटर सीप परीक्षणको परीक्षा लिईएको थियो ।

परीक्षामा उत्तिर्ण हुन ५० पूर्णाङ्कमा कम्तीमा २५ अंक प्राप्त गर्नु पर्ने व्यवस्था रहेकोमा ५ सय २१ जनाले मात्रै आवश्यक अंक प्राप्त गरेका हुन् ।

योग्य र सीपयुक्त कर्मचारीलाई शतप्रतिशत निष्पक्ष र पारदर्शी तरिकाले भर्ना गर्नको लागि पहिलो पटक पूर्णतः विद्युतीय भर्ना प्रणाली अवलम्बन गरिएको थियो ।

प्रदेश १, प्रदेश २, प्रदेश ३, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश

यस रोजगार संयोजकको छनौटका लागि श्रम तथा रोजगार मन्त्रालयका सचिवको संयोजकत्वमा लोक सेवा आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरूको प्रतिनिधित्व भएको एउटा पदपूर्ति निर्देशक समितिको गठन गरिएको थियो ।

त्यसैगरी प्रदेशगत रूपमा आवेदन माग गरिएकोले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिवहरूको संयोजकत्वमा मापदण्ड बमोजिमको प्रदेशगत छनौट समिति समेत गठन गरी छनौट प्रक्रिया सम्पन्न गरिएको थियो ।

अन्तिम छनौटमा परेका उम्मेदवारहरूलाई योग्यताक्रम अनुरूप आफुले रोजेको स्थानीय तहमा काम गर्ने छनौटको अवसर दिई सात दिनभित्र करार सम्झौता गरी सम्बन्धित नगरपालिका वा गाँउपालिकामा खटाउने मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

सरकारका नीतिप्रति दातृ निकायहरूको समर्थन व्यक्त

काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग

नेपालमा लगानी गर्न कुनै अवरोध छैन : प्रधानमन्त्री ओली

काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको