
फागुन १०, काठमाडौँ । आइसीसी वुमन्स टी–२० विश्वकपको एसिया छनोटमा नेपालले यूएईलाई हराएको छ । थाईल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा शुक्रबार भएको समुह चरणको तेस्रो खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको हो ।
यूएईले दिएको ४२ रनको सामान्य लक्ष्य नेपालले १०.२ ओभर खेल्दै ३ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक १८ रन जोड्दा काजल श्रेष्ठले १५ रन बनाइन भने सिता रानामगर ६ रनमा आउट भइन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले १७.३ ओभरमा सबै विकेट गुमाएर ४१ रन मात्र जोड्न सक्यो ।
यूएईका लागि चामिनी सिनेविर्तनाले सर्वाधिक १३ रन जोडिन् भने अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
नेरी थापाले नेपालका लागि ४ विकेट लिइन् । नेरीले ३.३ ओभर बलिङ गर्दै १ ओभर मेडन राखेर ६ रनमात्रै खर्चिन्। यस्तै सिता रानामगर, कबिता कुँवर र सोनु खड्काले नेपालका लागि २–२ विकेट लिए ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र