नेपालद्वारा यूएई ७ विकेटले पराजित

 

Image result for टी-२० महिला विश्वकप छनोट

फागुन १०, काठमाडौँ । आइसीसी वुमन्स टी–२० विश्वकपको एसिया छनोटमा नेपालले यूएईलाई हराएको छ । थाईल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा शुक्रबार भएको समुह चरणको तेस्रो खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको हो ।

यूएईले दिएको ४२ रनको सामान्य लक्ष्य नेपालले १०.२ ओभर खेल्दै ३ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक १८ रन जोड्दा काजल श्रेष्ठले १५ रन बनाइन भने सिता रानामगर ६ रनमा आउट भइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले १७.३ ओभरमा सबै विकेट गुमाएर ४१ रन मात्र जोड्न सक्यो ।

यूएईका लागि चामिनी सिनेविर्तनाले सर्वाधिक १३ रन जोडिन् भने अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

नेरी थापाले नेपालका लागि ४ विकेट लिइन् । नेरीले ३.३ ओभर बलिङ गर्दै १ ओभर मेडन राखेर ६ रनमात्रै खर्चिन्। यस्तै सिता रानामगर, कबिता कुँवर र सोनु खड्काले नेपालका लागि २–२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले