February 20, 2019

सिएमसीलाई कानूनविपरित भुक्तानी नदिँदा मेरो सरुवाः खानेपानी सचिव ठाकुर

फागुन ७, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको विषयमा मन्त्रीसँग कुरा नमिल्दा खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको सरुवा भएको छ । आयोजना बिचमै छाडेर हिँडेको इटालियन कम्पनी सिएमसीलाई भुक्तानी दिने विषयमा खानेपानी मन्त्री बिना मगरसँग विवाद बढ्दै गएपछि सचिव ठाकुरको सरुवा भएको हो।

सोमबार बसेको मन्त्री परिषद् बैठकले सचिव ठाकुरलाई सरुवा गर्ने निर्णय गरेको हो। मेलम्ची खानेपानी आयोजना विकास समितिको बोर्ड अध्यक्ष समेत रहेका सचिवलाई कहाँ सरुवा गरिएको भन्ने जानकारी आइनसकेको बताएका छन्।

‘मन्त्रीले भनेअनुसार गैरकानुनी तवरले काम गर्न मैँले मानिन् । त्यही भएर उहाँले यो निर्णय लिनुभएको हो। मेरो सरुवा ठूलो कुरा होइन तर म भएको भए मसँग मेलम्ची कसरी बनाउने भन्ने खाका थियो। त्यही अनुसार तयारी पनि गरेका थियौं।’

उनका अनुसार मन्त्री मगरले काम छाडेर हिँडेको ठेकदार कम्पनीलाई २ अर्व ५९ करोड ७९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ ९९ पैसा भुक्तानी दिन दवाव दिँदै आएकी थिइन्।

तर सचिवले यसलाई कानुन विपरित हुने भन्दै अस्वीकार गर्दै आएका थिए । आफूलाई मेलम्चीका विषयमा गैरकानूनी हिसाबले भुक्तानी दिन पटक पटक दवाव आएको सचिव ठाकुरले बताए। सिएमसीलाई जसरी पनि फर्काउनु पर्ने विषयमा मन्त्री मगर र गैरकानुनी हुने भन्दै त्यसो गर्न नमिल्ने अडानमा ठाकुर भएपछि विवाद बढेको थियो।

मेलम्ची खानेपानी विकास समिति गठन भएपछि २७ जना सचिव फेरिएका छन्। २०५५ सालको कात्तिक २३ गते मेलम्ची खानेपानी विकास समिति गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज