February 20, 2019

सिएमसीलाई कानूनविपरित भुक्तानी नदिँदा मेरो सरुवाः खानेपानी सचिव ठाकुर

फागुन ७, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको विषयमा मन्त्रीसँग कुरा नमिल्दा खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको सरुवा भएको छ । आयोजना बिचमै छाडेर हिँडेको इटालियन कम्पनी सिएमसीलाई भुक्तानी दिने विषयमा खानेपानी मन्त्री बिना मगरसँग विवाद बढ्दै गएपछि सचिव ठाकुरको सरुवा भएको हो।

सोमबार बसेको मन्त्री परिषद् बैठकले सचिव ठाकुरलाई सरुवा गर्ने निर्णय गरेको हो। मेलम्ची खानेपानी आयोजना विकास समितिको बोर्ड अध्यक्ष समेत रहेका सचिवलाई कहाँ सरुवा गरिएको भन्ने जानकारी आइनसकेको बताएका छन्।

‘मन्त्रीले भनेअनुसार गैरकानुनी तवरले काम गर्न मैँले मानिन् । त्यही भएर उहाँले यो निर्णय लिनुभएको हो। मेरो सरुवा ठूलो कुरा होइन तर म भएको भए मसँग मेलम्ची कसरी बनाउने भन्ने खाका थियो। त्यही अनुसार तयारी पनि गरेका थियौं।’

उनका अनुसार मन्त्री मगरले काम छाडेर हिँडेको ठेकदार कम्पनीलाई २ अर्व ५९ करोड ७९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ ९९ पैसा भुक्तानी दिन दवाव दिँदै आएकी थिइन्।

तर सचिवले यसलाई कानुन विपरित हुने भन्दै अस्वीकार गर्दै आएका थिए । आफूलाई मेलम्चीका विषयमा गैरकानूनी हिसाबले भुक्तानी दिन पटक पटक दवाव आएको सचिव ठाकुरले बताए। सिएमसीलाई जसरी पनि फर्काउनु पर्ने विषयमा मन्त्री मगर र गैरकानुनी हुने भन्दै त्यसो गर्न नमिल्ने अडानमा ठाकुर भएपछि विवाद बढेको थियो।

मेलम्ची खानेपानी विकास समिति गठन भएपछि २७ जना सचिव फेरिएका छन्। २०५५ सालको कात्तिक २३ गते मेलम्ची खानेपानी विकास समिति गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना