‘विकासको गतिलाई अगाडि बढाउन जनता आतुर भइरहेका बेला खुट्टा तान्‍नेहरुको बिगबिगी बढेको छ’ (पूर्णपाठसहित)

फागुन ३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एक वर्षको अवधिमा ऐतिहासिक काम गरेको दाबी गरेका छन् ।

सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा आज देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले गरेको प्रगतीको तथ्याङ्कलाई मिथ्याङ्कका रूपमा प्रस्तुत गरिएको भन्दै दुःखेसो पोखे ।

‘समस्याहरू छन् भन्ने कुरा मलाई राम्रोसँग थाहा छ, जनताको चाहना पाँच नम्बर गियरमा विकास होस् भन्ने छ, गियर क्रमशः मात्र बढाउन सकिन्छ भन्ने विनम्र आग्रह गर्न चाहन्छु’, प्रधानमन्त्रीले भने, ‘नेपालीहरूमा ९–९ महिनामा सरकार फेरिने बानी परेको छ, तर अब सरकार फेरिँदैन् ।’

प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा राजनीतिक स्थिरता भएकाले समृृद्धिको आधार तयार भएको दाबी गरे । प्रधानमन्त्री ओलीले सरकारको एक वर्ष समृद्धिको आधार वर्ष भएको बताए ।

सरकारले विभिन्न योजना अगाडि बढाउँदा धेरै प्रश्न उठेको भन्दै उनले भने, ‘आज मैले जे–जे प्रश्न सुनिरहेको छु, ति नौ महिने सरकारका अनुभवमा आधारित सार पो हुन कि ? यदि यस्तै हो भने विनम्र अनुरोध गर्दछु, सरकार फेरीदैँन, त्यसकारण बानी फेर्नुपर्छ ।’

देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्ट र भ्रष्टचारका बारेमा आफु मुखमा पानी हालेर नबस्ने चेतावनी दिएका छन् ।

उनले मुलुक समृद्धिको बाटोमा गइरहँदादेखि सह्‍नै नसक्‍नेलाई टाउको दुखाइको विषय बनेको जिकिर गरे। उनले व्‍यङग्‍य गर्दै भने, ‘मुलुकमा अहिले समृद्धिको तिर्खा छ। त्‍यसकारण समृद्ध नेपाल, सुखी नेपाली भनेको हुँ।’

ऊर्जा उत्पादन तथा प्रसारणको ठूला लगानीको लागि वातावरण सरकारले वातावरण गरिहरेको दाबी गर्दै भने, ‘विकासको गतिलाई अगाडि बढाउन जनता आतुर भइरहेका बेला खुट्टा तान्‍नेहरुको बिगबिगी बढेको छ ।’

उनले विकास निर्माणका योजनाहरु अगाडि बढेको भन्दै गोतम वुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको पोखरा विमानस्थल २०२० सम्म सम्पन्न हुने उनले बताए।

उनले तीन दिनमा एउटाका दरले तुईन विस्थापन भएको दाबी गरे। उनले लगानी खोइ भन्दै प्रश्न गरेको तथ्यांकहरुलाई बंग्याइएको आरोप लागेको पनि उनले भने।

‘खोइ लगानी भन्नेहरुलाई भन्न चाहन्छु,’उनले भने, ‘यसबीच ४४९ उद्योग दर्ता भएका छन्। ४१६ विदेश लगानीका उद्योगहरु दर्ता प्रकृयामा आएर ५१ अर्बको प्रस्ताव आएको छ।’

साथै प्रधानमन्त्रीले ‘छातीमा हात राखेर आफैंलाई सोध्नुस्, पहिलेको तुलनामा तपाईंले चुन्नु भएको यो प्रधानमन्त्रीले सत्ता सम्हालेपछि तपाईंहरुको जीवन कष्टकर हुने नकाम के के भए ?’ भन्दै सम्पूर्ण देशवासीलाई प्रश्न गरे ।

 

प्रधानमन्त्रीको संबोधनको पूर्णपाठ हेर्न तलको लिंक क्लिक गर्नुहोस्ः

https://drive.google.com/file/d/1oo8Wujf6lpePp81T6bH81HiryD7MmSEY/view

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मित्रता : डिजिटल युगमा विश्वास, सहकार्य र मानवताको सेतु

मित्रता केवल व्यक्तिगत सम्बन्ध होइन, शान्ति, लोकतन्त्र, सामाजिक सद्भाव र दिगो विकासको आधार पनि हो।

सुनसरी घटनाबारे सुरक्षा परिषद्को बैठक

काठमाडौं, १४ साउन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्रीको

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित

मितव्ययिताको नाममा कानुन र संविधानविपरीत कार्य गर्न नमिल्ने भन्दै बिज्ञापन सम्बन्धि सरकारको निर्णय सर्वोच्चद्वारा खारेजी

बुधबार, ६ साउन २०८३काठमाडौँ। सर्वोच्च अदालतले सरकारी विज्ञापन तथा सूचना सरकारी स्वामित्वका सञ्चारमाध्यम (गोरखापत्र, रेडियो

देशभरका अदालतले एक वर्षमा ५५ प्रतिशत मुद्दा फर्स्योट

सर्वोच्चको फर्स्योट दर २९.४६ प्रतिशत, उच्च अदालतमा दुई वर्षभन्दा पुराना मुद्दा शून्य काठमाडौं, साउन ४