‘विकासको गतिलाई अगाडि बढाउन जनता आतुर भइरहेका बेला खुट्टा तान्‍नेहरुको बिगबिगी बढेको छ’ (पूर्णपाठसहित)

फागुन ३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एक वर्षको अवधिमा ऐतिहासिक काम गरेको दाबी गरेका छन् ।

सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा आज देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले गरेको प्रगतीको तथ्याङ्कलाई मिथ्याङ्कका रूपमा प्रस्तुत गरिएको भन्दै दुःखेसो पोखे ।

‘समस्याहरू छन् भन्ने कुरा मलाई राम्रोसँग थाहा छ, जनताको चाहना पाँच नम्बर गियरमा विकास होस् भन्ने छ, गियर क्रमशः मात्र बढाउन सकिन्छ भन्ने विनम्र आग्रह गर्न चाहन्छु’, प्रधानमन्त्रीले भने, ‘नेपालीहरूमा ९–९ महिनामा सरकार फेरिने बानी परेको छ, तर अब सरकार फेरिँदैन् ।’

प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा राजनीतिक स्थिरता भएकाले समृृद्धिको आधार तयार भएको दाबी गरे । प्रधानमन्त्री ओलीले सरकारको एक वर्ष समृद्धिको आधार वर्ष भएको बताए ।

सरकारले विभिन्न योजना अगाडि बढाउँदा धेरै प्रश्न उठेको भन्दै उनले भने, ‘आज मैले जे–जे प्रश्न सुनिरहेको छु, ति नौ महिने सरकारका अनुभवमा आधारित सार पो हुन कि ? यदि यस्तै हो भने विनम्र अनुरोध गर्दछु, सरकार फेरीदैँन, त्यसकारण बानी फेर्नुपर्छ ।’

देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्ट र भ्रष्टचारका बारेमा आफु मुखमा पानी हालेर नबस्ने चेतावनी दिएका छन् ।

उनले मुलुक समृद्धिको बाटोमा गइरहँदादेखि सह्‍नै नसक्‍नेलाई टाउको दुखाइको विषय बनेको जिकिर गरे। उनले व्‍यङग्‍य गर्दै भने, ‘मुलुकमा अहिले समृद्धिको तिर्खा छ। त्‍यसकारण समृद्ध नेपाल, सुखी नेपाली भनेको हुँ।’

ऊर्जा उत्पादन तथा प्रसारणको ठूला लगानीको लागि वातावरण सरकारले वातावरण गरिहरेको दाबी गर्दै भने, ‘विकासको गतिलाई अगाडि बढाउन जनता आतुर भइरहेका बेला खुट्टा तान्‍नेहरुको बिगबिगी बढेको छ ।’

उनले विकास निर्माणका योजनाहरु अगाडि बढेको भन्दै गोतम वुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको पोखरा विमानस्थल २०२० सम्म सम्पन्न हुने उनले बताए।

उनले तीन दिनमा एउटाका दरले तुईन विस्थापन भएको दाबी गरे। उनले लगानी खोइ भन्दै प्रश्न गरेको तथ्यांकहरुलाई बंग्याइएको आरोप लागेको पनि उनले भने।

‘खोइ लगानी भन्नेहरुलाई भन्न चाहन्छु,’उनले भने, ‘यसबीच ४४९ उद्योग दर्ता भएका छन्। ४१६ विदेश लगानीका उद्योगहरु दर्ता प्रकृयामा आएर ५१ अर्बको प्रस्ताव आएको छ।’

साथै प्रधानमन्त्रीले ‘छातीमा हात राखेर आफैंलाई सोध्नुस्, पहिलेको तुलनामा तपाईंले चुन्नु भएको यो प्रधानमन्त्रीले सत्ता सम्हालेपछि तपाईंहरुको जीवन कष्टकर हुने नकाम के के भए ?’ भन्दै सम्पूर्ण देशवासीलाई प्रश्न गरे ।

 

प्रधानमन्त्रीको संबोधनको पूर्णपाठ हेर्न तलको लिंक क्लिक गर्नुहोस्ः

https://drive.google.com/file/d/1oo8Wujf6lpePp81T6bH81HiryD7MmSEY/view

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी

अर्थमन्त्री वाग्लेको दिल्ली अभिव्यक्तिले नेपालमा बढायो कूटनीतिक विवाद

कार्तिक १०, काठमाडौँ । नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर

बंगालको खाडीको न्यून चापीय प्रणालीको प्रभाव: बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न

बैंक खातामा राष्ट्रिय परिचयपत्रको ‘बाध्यकारी’ नियम बदर: सर्वोच्चको ऐतिहासिक फैसला र यसका दूरगामी प्रभाव

२९ असोज २०८३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न, केवाईसी अद्यावधिक गर्न तथा

मानव अधिकार परिषद्मा नेपाल निर्वाचित, एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक १७३ मत

असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण