क्रिकेट टोलीलाई जनही ५ लाख दिने सरकारको निर्णय

 

माघ २२, काठमाडौँ । युएईविरुद्धको एक दिवसीय र टि–२० अन्तराष्ट्रिय क्रिकेट शृंखला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सरकारले जनही ५ लाख नगदसहित सम्मान गर्ने भएको छ ।

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको जानकारी दिए ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले खेलाडीहरुको योगदानको उचित सम्मान गर्न त्यसको पूर्वाधार विकासमा जोड दिइरहेको पनि स्पष्ट पारे।

‘अहिलेको अवस्थामा खेलाडीलाई ५० लाख रुपैयाँ दिन सकिँदैन, तर हामी खेलाडीलाई बढी भन्दा बढी सुविधा उपलब्ध गराउनेतर्फ गम्भीर छौँ’, उनले भने ।

मन्त्री विश्वकर्माले नेपाली राष्ट्रिय क्रिकेट टिमले एकपछि अर्को सफलता हासिल गर्दै गएकोमा खुशी व्यक्त गरे ।

 घरेलु टोली युएईविरुद्ध नेपालले तीन खेलको एकदिवसीय र टी–ट्वान्टी सिरिज समान २–१ ले जितेको थियो । दुवै सिरिजको सुरुवाती खेल गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै नेपालले दुई सिरिज आफ्नो बनाएको थियो ।

नेपाली टोलीका लागि दुवै सिरिज ऐतिहासिक सिरिज समेत रहेको थियो । नेपालले पहिलो पटक एकदिवसीय र टी–ट्वान्टी सिरिज जितेको थियो ।

आईसीसीबाट एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएपछि नेपालले युएईविरुद्ध दोस्रो एकदिवसीय सिरिज खेलेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र