चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित

माघ १७, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधकाबीच चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ ।

प्रतिनिधिसभाबाट सन्देससहित राष्ट्रियसभामा पठाइएको विधेयक बहुमतले पारित भएको हो ।

प्रतिनिधिसभाबाट पारित भइ सन्देशसहित प्राप्त राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा राष्ट्रियसभामा तीन वटा संशोधन प्रस्ताव दर्ता भएका थिए।

सो प्रस्तावहरु बहुमतले अस्वीकृत भए। संशोधन प्रस्ताव राजपाका सांसद वृजेश चन्द्र लाल, कांग्रेसका सांसद राधेश्याम अधिकारी र कांग्रेसका सांसदहरु सरिता प्रसाइ, प्रकाश पन्थ र बद्री पाण्डेको दर्ता भएका छन्।

संशोधन प्रस्तावमाथि जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डाक्टर गोविन्द केसीसँगको सम्झौता अनुरुप राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा आएको बताए ।

राष्ट्रियसभाबाट पारित भएको यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष लगिनेछ। राजपत्रमा प्रकाशन भएपछि मात्रै ऐनका रुपमा लागू हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना