दुई वर्षअघिको काण्डलाई लिएर कपील शर्माले प्रधानमन्त्री मोदीसँग मागे माफी

विवादहरुसँग कपील शर्माको पुरानो सम्बन्ध रहि आएको छ । कुनै समय यस्तै विवादले नै उनको करियरलाई दुर्घटनामा पुर्याएको थियो भने कतिपटक उनी माफी मागेर त्यस्तो दुर्घटनाबाट बच्न सफल भएका छन् ।

kapil-sharma

हजुर, गए राति अनएयर भएको एपिसोडमा कपील शर्माले प्रधानमन्त्री नरेन्द्र मोदीसँग माफी मागेका छन् ।

उक्त एपिसोडमा अनिल कपुर, सोनम कपुर, जूही चावला र राजकुमार राव गेस्टको रुपमा उपस्थित थिए । शोमा कपिलले राजकुमार रावसँग प्रधानमन्त्री मोदीसँग भेट भएको र आफ्नो विषयमा मोदीले केही सोधेको पनि जिज्ञासा व्यक्त गरेका थिए ।

जवाफमा राजकुमार रावले भने, ‘जब मैले नरेन्द्र मोदीलाई भेटे तब उनी तपाईसँग रिसाएका थिए । सुनेको थिए कुनै ट्वीट गरिदिएका छन् रे ।’
राजकुमार रावको कुरा सुन्ने वित्तिकै कपीलले प्रधानमन्त्री मोदीसँग नेशनल टेलिभिजन च्यानलबाट माफी मागे । यति मात्र होइन नवजोत सिंह सिद्धुले कपीललाई राति १२ बजे ट्वीट गर्दाको नतिजा त्यस्तै हुने भन्दै व्यंग्य पनि गरेका थिए ।

तपाईलाई थाहा नहुन सक्छ सन् २०१६ मा कपील शर्माले ट्वीट गर्दै लेखेका थिए, ‘म प्रत्येक वर्ष सरकारलाई १५ करोड रुपयाँ कर दिन्छु तर पनि मुम्बाईमा आफ्नो अफिसका लागि मैले बिएमसीलाई पाँच लाख घुस दिनु पर्छ । के यही हो तपाईको अच्छे दिन ?’

यस अघि कपील शर्माको पनि प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको