कांग्रेसको अवरोधकाे कारण प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित

माघ ९, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध जारी राखेपछि प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ।मंगलबार ३ बजेदेखि बैठक सुरु भएको थियो । पहिलो बैठक नै कांग्रेसले अवरुद्ध पारेको थियो । बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेपछि सभामुख कृष्णबहादुर महराले प्रकाशमान सिंहलाई समय दिएका थिए । उनले दुबै अस्पताललाई संघीय सरकार मातहतमा ल्याउन निर्णय नभएसम्म संसद चल्न नदिने बताएका थिए ।लगतै कांग्रेस नेताहरुको नाममा रहेको दुईवटा हस्पिटल मन्त्रिपरिषद्को निर्णयबाट केन्द्र सरकारको मातहतमा ल्याउनु पर्ने भन्दै कांग्रेस सांसदहरूले सदन अवरुद्ध गरेपछि सभामुख महराले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।

दोस्रो बैठकमा पनि कांग्रेस अवरोध जारी राखेपछि १५ मिनेटका लागि बैठक पुनः स्थगित गरिएको थियो ।दोस्रो बैठक सुरु नहुँदै शिक्षामन्त्रीलाई रोक्न कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गरेका थिए ।नेकपाका सांसदहरुले पनि शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई रोष्टममा पठाउने प्रयास गरे । तर, कांग्रेसका सांसदहरुले मन्त्रीलाई घेरेर रोष्टममा जान दिएका थिएनन् ।दुई पटककै बैठक अवरुद्ध पारेपछि संघीय संसद सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभा बैठक आगामी शुक्रबार ११ गते अपरान्ह १ बजेसम्मका लागि स्थगित गरेको हो।सोमबार पनि कांग्रेसले संसद अवरुद्ध पारेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले