कांग्रेसको अवरोधकाे कारण प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित

माघ ९, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध जारी राखेपछि प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ।मंगलबार ३ बजेदेखि बैठक सुरु भएको थियो । पहिलो बैठक नै कांग्रेसले अवरुद्ध पारेको थियो । बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेपछि सभामुख कृष्णबहादुर महराले प्रकाशमान सिंहलाई समय दिएका थिए । उनले दुबै अस्पताललाई संघीय सरकार मातहतमा ल्याउन निर्णय नभएसम्म संसद चल्न नदिने बताएका थिए ।लगतै कांग्रेस नेताहरुको नाममा रहेको दुईवटा हस्पिटल मन्त्रिपरिषद्को निर्णयबाट केन्द्र सरकारको मातहतमा ल्याउनु पर्ने भन्दै कांग्रेस सांसदहरूले सदन अवरुद्ध गरेपछि सभामुख महराले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।

दोस्रो बैठकमा पनि कांग्रेस अवरोध जारी राखेपछि १५ मिनेटका लागि बैठक पुनः स्थगित गरिएको थियो ।दोस्रो बैठक सुरु नहुँदै शिक्षामन्त्रीलाई रोक्न कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गरेका थिए ।नेकपाका सांसदहरुले पनि शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई रोष्टममा पठाउने प्रयास गरे । तर, कांग्रेसका सांसदहरुले मन्त्रीलाई घेरेर रोष्टममा जान दिएका थिएनन् ।दुई पटककै बैठक अवरुद्ध पारेपछि संघीय संसद सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभा बैठक आगामी शुक्रबार ११ गते अपरान्ह १ बजेसम्मका लागि स्थगित गरेको हो।सोमबार पनि कांग्रेसले संसद अवरुद्ध पारेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति