संसदमा कांग्रेसको अवरोधका बीच पनि चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी

Pm-office_CXcazAsok9

काठमाडौं। सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्ने तयारी गरेको छ। सोमबारकै कार्यसूचीमा राखिए पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दुवै सदनमा अवरोध गरेकाले विधेयक पारित हुन सकेन। कांग्रेसले गोविन्द केसीसँगको सम्झौता कार्यान्वयनसहित स्व. गिरिजाप्रसाद कोइराला र स्व.सुशील कोइरालाको नाममा रहेको अस्पताल खारेज गर्न लागेको विषय उठाएर संसदमा अवरोध गरेको हो। 

मंगलबार पनि अवरोध कायम राख्ने उसले जनाएको छ। केसीसँगको सम्झौता नसमेटी विधेयक पारित गर्न खोजेको भन्दै कांग्रेसले भने आजको संसद बैठक पनि अवरोध गर्ने तयारी गरेको हो।माग पूरा नभएसम्म संसदमा अवरोध जारी राख्ने कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिइन्।  यसै विषयमा थप छलफल गर्न भन्दै कांग्रेसले दिउँसो १२ बजे संसदीय दलको बैठक बोलाएको छ । 

तर सत्तापक्ष भने अवरोधका बीच भए पनि चिकित्सा शिक्षा विधेयक पेश गरेर पारित गर्ने तयारीमा जुटेको छ। सकभर सहमतिमै विधेयक अघि बढाइने नेकपाका सांसद योगेश भट्टराईले बताए। ‘कांग्रेसको अवरोध कायम रहे के गर्ने भन्ने विषय सभामुखमा निर्भर हुनेछ’, उनले भने।

दिउँसो ३ बस्ने प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बैठकमा पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए।विधेयकमा अनशनरत डा. गोविन्द केसीका माग सबैजसो समेटिएको दाबी गरिएको छ। डा. केसी भने सरकारले धोका दिएको भन्दै अहिले १६ औँ अनशनमा छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार