‘टोटल धमाल’ बाट अजय देवगनसँग बलिउड डेब्यू गर्दैछन् यी हलिउड स्टार कलाकार

फिल्म ‘रेड’ पछि अजय देवगनको अर्को फिल्म ‘टोटल धमाल’ रिलिज हुने तयारीमा छ । अजय लामो समयदेखि यस फिल्मको शूटिङ गरिरहेका थिए । भर्खरै यस फिल्मको फर्स्ट लुक सार्वजनिक भएको छ । पोस्टरमा अजय निकै फरक लुकमा देखिएका छन् ।

ajay-devgun

फस्र्ट लुकमा अजय देवगनको साथमा हलिउड सेंसशनको नामले चर्चित जनावर क्रिस्टल पनि देखिएको छ । क्रिस्टललाई अजयको काँधमा बसेको देखिएको छ । अजयले आफ्नो त्यस्तो लुकलाई सामाजिक सञ्जालमा शेयर गरेका छन् । फस्र्ट लुकसँगै अब चाढै ट्रेलर पनि रिलिज हुने बताइएको छ ।

हलिउड सेंसेशन एनिमल क्रिस्टलको यो बलिउडमा डब्यू फिल्म हो ।

फिल्म टोटल धमाल २२ फेब्रवरी २०१९ मा रिलिज हुनेछ । फिल्ममा अजय देवगन, अनिल कपुर, माधुरी दिक्षित, रितेश देशमुख, अरशद वारसी, जावेद जाफरी, संजय मिश्रा र पितोबाश भूमिकामा छन् ।

अजयसँग क्रिस्टलको यो तस्वीर अहिले निकै भाइरल भैरहेको छ । वास्तवमा क्रिस्टल एउटा बाँदर हो जुन ब्लकबस्टर फिल्म ‘हैंगओवर टु’, ‘जर्ज अफ द जंगल’ र ‘नाइट एट द म्यूजियम’ मा देखा परिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको