थाइल्याण्डद्वारा नेपालसामु १२२ रनको लक्ष्य !

काठमाडौं । नथाकन छङथमको अबिजित ६९ तथा नरुमल थाइवाइको २७ रनमा आयोजक  थाइल्याण्डले वुमन ट्वान्टी–२० स्म्यासको फाइनलमा नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थाइल्याण्डले निर्धारित ओभरमा १ विकेटको क्षतिमा १२१ रन बनाएको हो । 

थाइल्याण्ड क्रिकेट एशोसिसनको मैदानमा ओपनर छङथमले सर्वाधिक ४ चौकाको मद्तमा ६९ रन बनाउँदा थाइवाइ २७ रनमा पेभेलियन फर्किएकी थिइन् । उनलाई नेपालकी कप्तान रुविना क्षेत्रीले रनआउट गरेकी थिइन् । 

त्यसपछि क्रिजमा आएकी चनिडाले अबिजित १९ रन बनाइन् । नेपालका कुनै बलरले विकेट लिन सकेन् । 

आयोजक थाइल्यान्डले संयुक्त अरब इमिरेट्स (युएई) लाई ४९ रनले पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्का गर्दा नेपालले इन्डोनेसियालाई ९२ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । नेपालले समूह ‘ए’ बाट विजेता बन्दै अन्तिम चारमा स्थान बनाएको थियो भने थाइल्यान्ड समूह ‘बी’को बिजेता हो । प्रतियोगिताका पाँचै खेलमा विजयी नतिजा निकालेको नेपाल फाइनलमा पनि त्यसलाई निरन्तरता दिने लक्ष्यमा छ । 

प्रतियोगितामा जितका लागि कठिन प्रतिस्पर्धा गर्नु नपरेको नेपालले समूहको पहिलो खेलमा चिनमाथि १० विकेटको नतिजा निकालेको थियो । पुस २९ गते दोस्रो खेलमा मलेसियामाथि ६ विकेटको जित दर्ता गरेको नेपाल तेस्रो खेलमा सोमबार यूएईमाथि ६ विकेट र समूहको अन्तिम खेलमा आयोजक थायल्याण्डको ए टोलीबिरुद्ध ९ विकेटले विजय भएको थियो । 

थाइल्याण्डमै हुने आईसीसी ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिताको तयारी स्वरुप थाइल्याण्डले १० टोली सहभागी यस प्रतियोगिताको आयोजना गरेको हो । अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेका बेला अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले महिला क्रिकेट टोलीलाई यो अवसर दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद